कपनमा उपत्यकाव्यापी कवि गोष्ठी

कपनको प्रतिष्ठित निजी विद्यालय रिलायन्स ईन्टरनेशनल एकेडेमीले आगामी मंसिर २२ र २३ गते उपत्यका व्यापी कवि गोष्ठि एवं वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औं जन्मजयन्तिको अवसर पारी उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता एवं कवि गोष्ठिको आयोजना गर्ने विद्यालय श्रोतले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन चाहने विद्यालयले रिलायन्स एकेडेमीमा सम्पर्क राख्न समेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ । प्रतियोगिता अन्तर्गत २२ गते विद्यालय स्तरीय प्रतियोगिता तथा २३ गते पुरस्कार वितरणसहित कवि गोष्ठि साथै साहित्य सर्जकलाईसमेत सम्मान गर्ने जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।