बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ ठूलो गाउँमा अन्दाजी २० वर्षीय युवती मृत फेला

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ ठूलो गाउँमा अन्दाजी २० वर्षीय युवती मृत फेला

कपन अनलाइन

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ ठूलो गाउँमा अन्दाजी २० वर्षीय युवती मृत भेटिएकी छिन् । मृत युवती कोहुन् भन्ने पहिचान नखुलेको प्रहरीले बतायो ।

ठूलो गाउँको एक खोल्सामा स्थानीय घाँस काट्न जाँदा युवती भेटिएकी हुन् भने बूढानीलकण्ठ प्रहरी प्रभाग घटना स्थलमा अन्दाजी १२ बजे पुगेको थियो ।

प्रहरीले घटना स्थल सिला गरि खोज्दा घटना स्थलबाट केही नभेटिएको प्रहरीको भनाइ छ। कपन अनलाइनसँग कुरा गर्दै बूढानीलकण्ठ प्रहरी प्रभागका प्रहरी प्रमुख रमेश बहादुर पालले भने हामीलाई घटनाको जानकारी आउने बितिकै हामी घटना स्थल पुगेका थिएउ, युवतीको टाउको माथिको भाग सडी सकेको हुँदा को हुन् भनेर फोटो खिच्न समेत मुस्किल भयो ।

घटना किन घट्यो र कसरी घट्यो अब शव परीक्षण रिपोट आउँछ हामी परिवारको खोजीमा छौं उनले भने ।

फोटो : कपन अनलाइन/ विकास सिह लामा

 

तपाइँको प्रतिक्रिया ।