अछामका १ लाख ३१ हजार नागरिकले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरे

कपन अनलाइन 

एकेन्द्र महता अछाम

अछाम जिल्लामा फोटो सहितको मतदाता नामावलीमा बिशेष अभियान मार्फत १ हजार ८ सय ४४ जनाले नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालयले खटाएको घुम्ति टोली मार्फत उक्त संख्यामा नाम दर्ता गराएका हुन् ।

जसमा ८ सय ८४ जना महिला र ९ सय ६० पुरुष रहेका निर्वाचन अधिकृत राज बहादुर शाहीले बताउनु भयो । जिल्लाका विभिन्न ८९ स्थानमा फोटो सहितको मतदाता नामावलीमा नाम संकलन गरिएको हो । जिल्लाका ३ वटा नगरपालिका र ५६ गाविसमा गरी ८९ स्थानमा ८ वटा टोली परिचालन गरिएको थियो ।

अछाम जिल्लामा २०७३ असोज ३० गते सम्म १ लाख २९ हजार ५ सय १५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका कम्प्युटर अपरेटर एकेन्द्र बोगटीले बताउनु भयो । जिल्लाभारी उक्त संख्यामा नामावली रहेको कार्यालयले जनाएको छ । जसमा ६१ हजार ७ सय ८० जना पुरुष, ६७ हजार ७ सय ३३ जना महिला तथा २ जना तेस्रो लिंगी रहेका छन् ।

हाल सबै मिलाएर १ लाख ३१ हजार ३ सय ५९ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

तपाइँको प्रतिक्रिया ।