माछा मार्न जाँदा डुबेर बालकको मृत्यु

कपन अनलाइन 

दुनै (डोल्पा), २७ माघ । यहाँका एक बालकको ठूलो भेरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नर्क–३ निवासी ९ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

शाहीको बुधबार माछा मार्न गएको बेला भेरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृत शाहीको शव प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि भेटिएको स्थानीयवासी पुष्पराज शाहीले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।