छानबिन सानबिन गोली मारो

कपन अनलाइन 

साउन अन्तिम सातातिर यौन दुराचारको अभियोग लागी पार्टीबाट निलम्बित संस्कृतिकर्मी तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश भण्डारी पेरिसडाँडाको एक बैठकमा छिरेपछि हंगामा मच्चिएको छ ।
अघिल्लो सोमबार पार्टीको साँस्कृतिक डिओसीको बैठक डाकिएको थियो । बिहान १२ बजे झक्कु सुवेदीको उपस्थितिमा बैठक शुरु हुनेबित्तिकै हंगामा मच्चिएको हो । बैठकमा यौनदुराचारीको आरोप पुष्टि भई कारबाही भोगिरहेका चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष भण्डारीलाई सह–इञ्चार्जको रूपमा सहभागी गराइएपछि समस्या उब्जिएको छ ।
आफ्नै साथीकी श्रीमती र छोरीमाथि नशाको सुरमा यौन दुव्र्यवहारको प्रयास गरेको अभियोगमा निलम्बित भण्डारी बैठकमा सहभागी हुन आएपछि आफ्नो इज्जत, इमान, मानप्रतिष्ठामाथि आँच आउने भन्दै ३० जनाभन्दा बढी सदस्यले बैठक बहिष्कार गरेका हुन् । उनीहरूले भण्डारीका कारण पार्टी र साँस्कृतिक डिओसी नै बद्नाम हुने भन्दै थप कारबाहीको मागसहित पेरिसडाँडामा उजुरी दर्ता गराएका छन् ।
भण्डारीमाथि साउन पहिलो साता पानी परिरहेका बेला ललितपुरमा बास बस्न जाँदा साथीको परिवारका सदस्यमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । सोसम्बन्धमा पीडितले पेरिसडाँडामा उजुरी दर्ता गरेका थिए । तत्कालै माओवादी पार्टीले दुई सदस्यीय छानबिन समिति बनाएको थियो ।

केन्द्रीय कार्यालय सदस्य आहुति र पोलिटब्युरो सदस्य तथा साँस्कृतिक डिओसी इञ्चार्ज बलराम तिमिल्सिना सम्मिलित समितिले दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा निलम्बित रहेका भण्डारीलाई एकाएक माओवादी केन्द्रको तर्फबाट सभामुखका श्रीमान् वर्षमान पुन र प्रधानमन्त्री पुत्र तथा स्वकीय सचिव प्रकाश दाहालको दबाबमा प्रदेश नम्बर ३ ले साँस्कृतिक डिओसीको सह–इञ्चार्ज तोकेको थियो । जनआस्था साप्ताहिकले आज समाचार प्रकाशित गरेको छ ।

तपाइँको प्रतिक्रिया ।