अछाममा जंगली जनावरको आक्रमणबाट एक जना गम्भीर घाइते

अछाममा जंगली जनावरको आक्रमणबाट एक जना गम्भीर घाइते

 कपन अनलाइन 

एकेन्द्र महता/ साँफेबगर

अछाममा जंगली जनावरको आक्रमणबाट एक जना पुरुष गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ करीब साढे ६ बजे तीर अछाम जिल्लाको घुघुरकोट गाबिस अन्तर्गत वडा नम्बर ६ स्थित सांफे मार्तडी सडक खण्ड र सेती लोक मार्ग जोड्ने बाटो नजिकै ध्वजे आउजिलाई जंगली जनावरले घाइते बनाएको हो ।

बाटोमा हिँड्ने क्रममा जंगली जानवरले एक्कासि आक्रमण गरे पछी आउजि गम्भीर घाइते भएका हुन सक्ने स्थानीयको अनुमान छ । अन्दाजी ५० बर्षीया घाइते आउजि साँझा आफ्नो घर जान लागेका बेला सो घटना भएको हो । घुघुरकोट गाबिसकै वडा नम्बर ६ निवासी आउजिलाई हिड्ने बाटोमै घना जंगल भएका कारण जंगली जानवरको आक्रामणमा परी गम्भीर घाइते भाई बेहोस भएका हुन । उनको खुट्टा र शारीरमा चलाउन नसक्ने भएका छन् ।

घटनाको प्रकृति हेर्दा जंगली जनावर हुन्डुरू (हुँडार) हुन सक्ने स्थानीयको भनाई छ । घाइतेको स्थानिय मेडिकलमा उपचार हुन नसकेपछि बयलपाटा अस्पतालमा उपचार भैरहेको छ । घुघुरकोट गाबिस ६ का राम बहादुर शाह भन्छन् : ‘ घाइते ध्वजे आउजिलाई आक्रमण गरी घाइते पार्ने बाघ हो नभए त्यो पक्कै पनी हुन्डुरु नै हो किनकी हूँन्डुरुले यस अघिका बर्षहरुका त कुरै छोडौ यो बर्ष मात्रै घुघुरकोटकै कुमैस्थान, महतागॉउ, हितवाडा, संग्रामतोली र चुल्ठेमा कैंयु गोरु खाएको हो र २/४ मान्छेलाई समेत आक्रमण गरेको थियो ।

‘ त्याहाँ वरपरका छिमेकी गाबिस बाब्ला, खप्तड, देबिस्थान, बुढाकोट र आसपासका गाबिसहरुमा बिगत केहि बर्ष यता हुन्डुरुले कैंयु गाईगोरुलाई खाएको त्याहाँका स्थानीयबासीलाई त्रसित बनाउदै आएको शाह बताउछन्।

तपाइँको प्रतिक्रिया ।