पूर्वविद्यार्थीद्वारा छात्रवृत्ति कोष स्थापना

कपन अनलाइन 

म्याग्दी (बेनी), ७ माघ । महेन्द्ररत्न उच्चमावि बरङ्जाबाट एसएलसी तथा दसजोड दुई उत्तीर्ण गरेका विद्यार्थीले रु चारलाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

महेन्द्ररत्न उमावि पूर्व विद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुन मगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको जानकारी दिनुभयो ।

पुनका अनुसार कोषलाई बढाएर १० लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

पुन मगरले आफ्नी स्वर्गीय बहिनी ओमकुमारी पुन (शान्ति)को सम्झनामा रु एक लाखको अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।

यस विद्यालयबाट एकहजार ५०० भन्दा बढी विद्यार्थीले एसएलसी र २०० भन्दा बढीले १० जोड दुई उत्तीर्ण गरिसकेका विद्यालय प्रशासनले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।