विद्युत् मिटर नपाउँदा समस्या

विद्युत् मिटर नपाउँदा समस्या

कपन अनलाइन 

उर्लाबारी (मोरङ), ७ माघ । नेपाल विद्युत् प्राधिकरण मोरङको उर्लाबारी शाखाले मागअनुसार विद्युत् मिटर वितरण गर्न नसक्दा पूर्वी मोरङमा रहेका उपभोक्ता समस्यामा परेका छन् ।

यसअघि प्रत्येक ग्राहकले नयाँ लाइन जडान गर्दा आफैंँले विद्युत् मिटर उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा मौज्दात सकिएपछि मिटर उपलब्ध गराउन सकेको छैन । प्राधिकरण उर्लाबारी शाखाका प्रमुख दिगम्बर यादवका अनुसार घरायसी प्रयोजनका लागि मिटरको माग गरेका पूर्वी मोरङका दुई हजार पाँच सयदेखि तीन हजार उपभोक्ताले मिटर पाउन सकेका छैनन् ।
यादवका अनुसार प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरबाट नै मागअनुसारको मिटर उपलब्ध हुन नसक्दा अभाव भएको हो । घरायसी प्रयोजनका लागि मिटर उपलब्ध गराउन विद्यत् प्राधिरणको उर्लाबारी शाखामा निवेदन दिएको पाँच महिना बितिसक्दा पनि पाउन नसकेको उर्लाबारी – २ कि ललिता लिम्बूले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो – “मिटर उपलब्ध नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता छ, बिनामिटर बिजुली बाल्दा चोरीको आरोप लाग्नेभयो ।”
मधुमल्ला– ९ का डिकबहादुर श्रेष्ठले पनि घरका लागि विद्युत् मिटर उपलब्ध गराउन निवदेन दिएको तीन महिना बितिसक्दा पनि पाउन सक्नुभएको छैन । प्राधिकरण, उर्लाबारी शाखाले मोरङका उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकासहित टाँडी, मधुमल्ला, राजघाट, इटहरा, हसन्दह र वयरवन गाविसमा सेवा प्रवाह गर्दै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।