क्रिकेटः आर्मी र पुलिसको जित

कपन अनलाइन 

काठमाडौँ:कीर्तिपुरमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगितामा नेपाल आर्मी रोयल पिसी फाइटरलाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पिसी फाइटरले दिएको ४६ रनको चुनौतीलाई आर्मीले चार ओभरमा कुनै विकेट नै नगुमाई भेट्टायो । आर्मीको जितमा सागर पुनले ३६ रनको योगदान दिए भने सोमपाल कामीले अविजित ३ रन जोडे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिसी फाइटरले १७ ओभरमा अलआउट हुँदै ४५ रन जोड्यो । पिसी फाइटरका ब्याट्सम्यान विजय सुनारले ११ रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले अङ्क जोड्न सकेनन् ।

 

पिसी फाइटरलाई कमैमा समेट्ने क्रममा आर्मीका अविनाश कर्णले एक्लैले चार विकेट लिए भने कामीले ३ विकेट लिए । त्यसैगरी लोकेन्द्र चन्दले दुई तथा जितेन्द्र मुखियाले एक विकेट लिए ।

 

सोही मैदानमा आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लब हिमालयन ह्वाइट हाउस कलेजलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रासस

तपाइँको प्रतिक्रिया ।