साहित्यकार गौतम र भट्टराई सम्मानित

कपन अनलाइन 

काठमाडौँ: भैरव पुरस्कार गुठीले हास्यव्यङ्ग्य साहित्य क्षेत्रमा योगदान पु¥याउने कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ र शेषराज भट्टराईलाई आज सम्मान गरेको छ ।

 
हास्यव्यङ्ग्यकार भैरव अर्यालका स्मृतिमा स्थापित ‘भैरव पुरस्कार’ भक्तपुर निवासी गौतमलाई र ‘भैरव प्रतिभा पुरस्कार’ पोखराका भट्टराईलाई प्रदान गरिएको हो ।

 
भैरव पुरस्कार पाउनुभएका गौतमले रु ५० हजार र प्रतिभा पुरस्कार पाउने भट्टराईले रु २५ हजारसहित प्रशंसापत्र प्राप्त गर्नुभयो । गौतमका हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, कवितासङ्ग्रह, निबन्धसङ्ग्रहलगायत सात कृति प्रकाशन भएका छन् ।

 
खोटाङमा जन्मनुभएका भट्टराईका ‘जातले पकाएको भात’, ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’, ‘तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा’लगायत कृति प्रकाशित छन् ।

 
हास्यव्यङ्ग्यकारद्वयलाई सम्मान गर्दै प्रा मोहनराज शर्माले साहित्यक सम्मान मूल्यवान् भएको विचार व्यक्त गर्नुभयो । गुठीका अध्यक्ष रोचक घिमिरे र उपाध्यक्ष विजय चालिसेले साहित्यकार भैरव अर्याल अद्वितीय प्रतिभाको खानी हुनुहुन्थ्यो भन्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।