संविधान बन्ने देखी कार्यन्वयन सम्म भारतले असहयोग गर्यो :- कुवर

कपन अनलाइन 
एकेन्द्र महता/ साँफेबगर
सविधान बन्ने देखी लिएर कार्यन्वयन सम्म भारतले असहयोग गरेको नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष, शेर बहादुर कुवरले बताउनुु भएको छ । नेकपा एमाले गाउँ कमिटी घुघुरकोटको दशौँ अधिबेशनको प्रमुख अतिथिको आसनबाट बोल्दै कुुवरले यस्तो बताउनुभएको हो ।

पूर्व सभाषद एवम प्रदेश नम्बर ७ का सदस्य समेत रहनुभएका कुवरले भारतले नेपालको अर्थतन्त्रमा धक्का लगाउन र नेपाली जनतालाई धोका दिन विगत देखि हाल सम्म विभिन्न पूर्वगण्डा गर्दै आइरहेको बताउनुभएको छ । नेपाली जनताको हक र अधिकार सुुनिस्चित गर्न नेकपा एमाले गाउँगाउँमा आई आफ्नो पार्टी र आफुु सधैभरी देश जनता र देशको आर्थिक, भौतिक विकासमा लागि पर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

 

साथै कुवंरले अहिलेको प्रचन्ड नेतृत्वको सरकार भारतको लम्पसार परेको र सँगै सत्तारुढ दल नेपाली कांग्रेस पनि भारतकै ईसारामा नाचिरहेको समेत आरोप लगाउनुभएको छ । नेकपा एमाले घुघुुरकोट गाउँ कमिटीको दशौँ गाउ अधिबेशन सम्मन्नभएको छ । गाउँ कमिटीका अध्यक्ष शिव बहादुर खड्काको अध्यक्षतामा भएको अधिबेशनका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष, पूर्व सभाषद एवम प्रदेश नम्बर ७ का सदस्य शेर बहादुर कुवर रहनुभएको थियो ।

कार्यक्रमाका विशिष्ट अतिथी नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य जंग विक, लाल बहादुर खड्का, सागर बाब्ली, जिल्ला परिषद सदस्य रेमन्त बोगटी, क्षेत्रिय कमीटी सदस्य तथा ईलाका नम्ंबर तीनका ईन्चार्ज दिपक कुुवर, सदस्य भुपेन्द्र महता, बुढीगंगा जलविधुत् आयोजना सरोकार समितीका अध्यक्ष कमल साँउद ईलाका अध्यक्ष लगाएत नेता कार्यकर्ता, र विभिन्न जनवर्गिय संगठन र सयौ कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।