इन्सपेक्टर देवबहादुर कुँवरको सार्वजनिक भेटघाट

इन्सपेक्टर देवबहादुर कुँवरको सार्वजनिक भेटघाट

कपन अनलाइन 

अशोकराज पाण्डे

काठमाडौँ :  कपन प्रहरी प्रभागका नयाँ निरीक्षक देव बहादुर कुँवरले एक कार्यक्रम आयोजना गरी सम्बन्धित सबैलाई  भेटघाट गरेका छन् ।   महानगरीय प्रहरी प्रभाग कपनमा हालै  नियुक्त  भएर आएका प्रहरी निरीक्षक देव बहादुर कुँवरले भेटघाट  तथा परिचय भनेर समुदायका बिभिन्न तह तप्काका व्यक्तिहरूसँग भेट गरेका छन् ।

 

कपन प्रहरी प्रभाग प्राङ्गणमा आयोजित उक्त कार्यक्रमममा करिव ३ दर्जन स्थानीय राजनीतिक नेतृत्वको उपस्थिति रहेको थियो । परिचयात्मक कार्यक्रम उपस्थित अधिकाँश व्यक्तित्वहरुले अहिले सञ्चालनमा रहेका अधिकांश भट्टी कै कारण धेरै जसो अपराध हुने भएको भन्दै भट्टी नियन्त्रणका लागि प्रहरी निरीक्षक कुँवरलाई सुझाएका थिए । जवाफमा निरीक्षक कुँवरले इजाजत लिएर सञ्चालनमा रहेका भट्टी पसलहरुलाई बढिमा रातको ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिईने बताए । साथै कपन आसपासमा हुने चोरी, डकैती, लागुऔषधको कारोबार लगायतका समस्या रहेको पनि उपस्थित राजनैतिक नेतृत्वले जानकारी गराएका थिए ।

 

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ उनले स्थानीयहरुको सहयोग र सदभाव रह्यो भने कपन तथा आसपासबाट अपराध नियन्त्रण गर्न हदैसम्मको योजना लागू गर्ने बताएका थिए । कार्यक्रम मै उब्जिएका शान्ति सुरक्षा सम्बन्धी जिज्ञासाको जवाफमा स्थानीयहरूको साथ र सहयोगमा कपन प्रहरी २४ सैँ घण्टा सजग रहने बताए । कपन प्रहरीले परिचयात्मक कार्यक्रम ३ चरणमा गर्ने जानकारी पनि दिएको छ । यसपछि स्थानीय व्यापारी, समाजसेवी, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।