माओवादीको बैठक निर्णय प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक
कपन अनलाइन
एकेन्द्र महता/ अछाम
नेकपा माओवादी केन्द्र अछामको बैठकले जिल्ला पार्टीले लिएका महत्वपूर्ण निर्णयहरु प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । नव निर्वाचित जिल्ला संयोजक झपट साउदको अध्यक्षतामा भएको जिल्ला कमिटीको बैठकले पारित गरेका निर्णयहरु बिज्ञप्ति मार्फत सार्वजनिक गरिएको हो ।
बैठकले सबै ईलाकाहरुको बैठक तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । जसमा पौष २७ गते साँफेबगर नगरपालिका सहित ईलाका नम्वर १, २ र ३ को संयुक्त कार्यक्रम साँफेबगरम गर्ने निर्णय भएको छ भने ईलाका नम्वर ४ को २९ गते मेल्लेख, ईलाका नम्वर ६ को १९ गते खालगडा, ईलाका नम्वर ७ को पौष १९ गते जयगढ, मंगलसेन नगरपालिकाको पौष २५ गते, ईलाका नम्वर ९ को पौष २८ गते ठाँटीखाँद, ईलाका नम्वर १० को पौष १९ गते बिनायकमा, कमलवजार नगरपालिकाको पौष २० गते कमलवजार, ईलाका नम्वर १२ को पौष २३ गते ढकारी र ईलाका नम्वर १३ को पौष २१ गते तुर्माखाँदमा भेला तथा प्रशिक्षण गर्ने निर्णय भएको छ ।
यस्तै जिल्लाको विकासका लागि जिल्ला पार्टीले पहल गर्ने, एरपोर्ट सञ्चालन तथा दरवार पूननिर्माण लगायत बिभिन्न महत्वपूर्ण योजना निर्माणका लागि पहल गर्ने निर्णय बिज्ञप्ति मार्फत गरिएको छ । मध्यपहाडी लोकमार्गको कालोपत्रे गर्ने कार्य छिटो गर्नुपर्ने, बिभिन्न पक्कि पुलहरु निर्माणका लागि पहल गर्ने र सम्वन्धित निकायमा माग समेत गर्ने निर्णय भएको छ ।
जिल्ला संयोजक झपट साँउदद्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्तिमार्फत पार्टीका नेता रबिन्द्र साउदका बुवाको निधनप्रति सोक प्रस्ताव पारित गरेको छ छ भने मतदाता नामावलिमा नाम दर्ताका लागि प्रचार प्रसार गर्ने र सुतारको सक्खा पहिरो पीडितलाई राहत उपलब्ध गराँउन सम्वन्धित निकायलाई माग गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।