सौर्यबत्तिको व्याट्री पड्कँदा जलेर मृत्यु

कपन अनलाइन

सिन्धुली, १५ पुस । यहाँ एक अपाङ्गता भएकी किशोरीको जलेर मृत्यु भएको छ । घरमै भएको आगलागीमा परी १५ वर्षीया जानुका सुनुवारको ज्यान गएको हो । बस्तीपुर–३ का ठगेन्द्रबहादुर सुनवारका घरमा आज दिउँसो सौर्यबत्तीको ब्याट्री पड्कँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए । आगलागीबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र दुवै गोडा चलाउन नसक्ने उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।