कर्मचारीतन्त्र हावीले शैक्षिक गुणस्तर बृद्धि हुन सकेन

कर्मचारीतन्त्र हावीले शैक्षिक गुणस्तर बृद्धि हुन सकेन

 कपन अनलाइन, पौष ९, २०७३/ एकेन्द्र महता, अछाम

शिक्षा क्षेत्रमा कर्मचारीतन्त्र हावि भएका कारण नेपालको शैक्षिक गुणस्तर बृद्धि हुन नसकेको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तिलक कुवँरले बताएका छन् । “मर्यादा, अभिबृद्धि, पेशागत दक्षता ट्रेड युनियन अधिकारको सुनिस्चितता ” भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन अछामको प्रथम महिला भेलालाई सम्बोधन गर्दै कुवँरले यस्तो बताएका हुन् । प्रमुख अतिथिको आसनबाट बोल्दै शिक्षक महासंघका केन्द्रिय महासचिब समेत रहेका कुवँरले शिक्षकहरुका लागि देश विदेशमा हुने तालिम तथा गोष्ठीहरुमा मन्त्रालयका कर्मचारीहरु सहभागि हुने गरेको दावी गरेका छन् ।

 

पुरुष शिक्षकहरुको जस्तै शिक्षिकाहरुलाई अवसर नदिएका कारण नेपालको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको कुवँरको आरोप छ । कार्यक्रममा बोल्दै कुवँरले अब महिलालाई पनि सहुलियत र प्राथमिकतामा राखेर प्राधानाध्यापक बन्ने अवसर दिनुपर्ने सम्पूर्ण बालविकास केन्द्र कार्यरतहरुलाई पूर्ण सेवा सुविधा सहित कर्मचारी बनाईनु पर्नेमा उल्टै अहिलेको सरकारले विना सेवासुविधा शिक्षकहरुलाई पेशाबाट नै बाहिर पठाउने कुचेष्टा गरेको आरोप लगाए । शिक्षकको सवालमा सरकार अल्झिएको र शिक्षकहरुलाई आफसंग लड्न लगाउने खेल खेलिरहेको, शिक्षाको गुणस्तर बढाउने ऐन ल्याउनु पर्नेमा झोले ऐन ल्याएको दावि गरे । कुवँरले शिक्षकहरुलाई दिईने न्युन रुपमा सञ्चालन हुने गरेका र ती तालिमहरु पनि एक दिनको भए १ घण्टामै हार्माेनियम बजाएर सम्पन्न गर्ने गरेको आरोप पनि लगाउन छ ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले अध्यक्ष तथा पूर्व सभासद् शेर बहादुर कुवँरले सामाजिक कुरीति र विभिन्न प्रकारका विभेद हटाउन महिला शिक्षकहरुले अहम भुििमका खेल्नु पर्ने र राष्ट्र बचाउने अभियानमा सरिक हुनु पर्ने बताए । कार्यक्रकमका अर्का विशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी झंकर बहादुर विष्टले  शिक्षाको क्षेत्रमा अरबौँ पैँसा खर्चिए पनि कक्षा कोठा रित्तियका र आम मानिस बोर्डिङ स्कुलका ढोका ढकढक्याउने गरेको बताए । विष्टले सिकायकालाई हातमा प्रमाणपत्र दिएपनि रोजगारीका लागि सरकारले कुनै किसिमको काम दिन नसकेको बताए । भेलामा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय कोषाध्यक्ष कमला थापा, केन्द्रिय सदस्य कर्ण भण्डारी लगाएतका अतिथिहरुले मन्तव्य राखेका थिए ।

ममता बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय कोषाध्यक्ष कमला थापा, केन्द्रिय सदस्य ममता शाह, नेपाल राष्ट्रिय शिक्षक संगठनका अछाम जिल्ला सदस्य नर बहादुर रावल, शिक्षक महाँसघका जिल्ला अध्यक्ष भीम बुढा, पेशागत महाँसघ अछामका अध्यक्ष भिम बुढा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अञ्चल सदस्य शारदा कुवँर, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष लोकराज न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक बचत तथा ऋण सहकारी सस्था लिं. का मञ्जु कुवरको सञ्चालन गिता ढुंगानाले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।