अब नारायणगढ–मुग्लिन सडकखण्ड ११ देखि ३ बजेसम्म बन्द हुने

अब नारायणगढ–मुग्लिन सडकखण्ड ११ देखि ३ बजेसम्म बन्द हुने

 

कपन अनलाइन, चितवन, ३० मङ्सिर, २०७३

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिने भएको छ । बाँकी सडक चौडा बनाउनुपर्ने भएपछि पुस ७ गतेदेखि चार घन्टा आवागमन रोकेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो । प्रजिअ नारायणप्रसाद भट्टले सडक आयोजनाले दैनिक ८ घन्टा सवारी आवागमन रोक्न माग गरे पनि यात्रुको समस्यालाई ध्यानमा राखी चार घन्टा मात्र सवारी साधन रोक्ने अनुमति दिएको बताए ।

(फाइल फोटो)

तपाइँको प्रतिक्रिया ।