कार्यकर्ताले पार्टी कार्यालयमै बझाङका सांसदलाई कुटे !

कपन अनलाइन, ३० मंसिर, २०७३

स्थानीय तह पुनर्संरचनामा काँडा गाविसलाई  मात्र एउटा गाउँपालिका बनाउने माग लिएर आएका बझाङका कार्यकर्ताले बिहीबार दिउँसो  सांसद लालबहुर रावल पार्टी मुख्यालय धुम्बाराहीमा हातपात गरेका छन् । काँडा नेपालको सबैभन्दा ठूलो गाविस हो। स्थानीय तह पुनर्संरचनामा काँडामा अन्य गाविस मिसाउनु नहुने माग लिएर आएका कार्यकर्ताहरूले  सांसद रावलले उक्त मागपत्रमा हस्ताक्षर गर्न नमानेपछि प्रतिनिधि मण्डलका एक सदस्यले उनीमाथि मुक्का प्रहार गरेका थिए। रावल बझाङको क्षेत्र नम्बर २ बाट निर्वाचित एमाले सांसद हुन्।

तपाइँको प्रतिक्रिया ।