साँफेबगरले चार महिनामा ९ लाख २० हजार ४ सय १५ कमायो
कपन अनलाइन, सांफेबगर, ३० मङ्सिर ।
(एकेन्द्र महता )
साँफेबगर नगरपालिकाले चालु आर्थिक बर्षको चार महिनामा ९ लाख २० हजार ४ सय १५ रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी चालु आर्थिक बर्षको साउन १ गते देखी कार्तिक मसान्त सम्म विभिन्न शिर्षकमा गरी सो रकम आम्दानी गरेको हो ।
नगरपालिकाको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गरी ४ महिनाको आयव्याय हेर्दा कार्र्तिक मसान्त सम्ममा भाडा तथा बहाल करबाट ४ लाख ९२ हजार ३ सय रुपैयाँ,एकीकृत सम्पती कर २ लाख २ हजार ३ सय २५ रुपैयाँ,सिफरिस तथा बक्सौनी दस्तुर १ लाख ४ हजार ४ सय रुपैयाँ, माल पोत तथा भूमी कर ४४ हजार ५ सय ९०, व्यासाय कर २६ हजार ६ सय, नक्सा पास दस्तुर १६ हजार ६ सय ७०, दर्ता तथा नवीकरण दस्तुर १५ हजार ५ सय ५०, नाता प्रमाणित र प्रमाणित दस्तुर ९ हजार ८ सय ५५, अन्य स्रोत परिचालन ४ हजार ७ सय ६०, अचल सम्पती मुल्यांकन सेवा शुल्क २ हजार ९ सय २५, बहाल कर ४ सय २० र अन्य दस्तुरबाट २० रुपैयाँ गरी चार महिनामा ९ लाख २० हजार ४ सय १५ रुपैयाँ बराबर नगरपालिकाले आम्दानी गरेको साँफेबगर नगरपालिकाका लेखापाल कृष्ण प्रसाद भट्टले जानकारी दिए ।
नेपाल सरकारबाट नगरपालिकालाई प्राप्त अनुदान अन्तरगत स्थानिय निकाय शसक्त चालु अनुदान ४ करोड ६० लाख प्राप्त भएकोमा खर्च तर्फ १५ लाख २० हजार २ सय ७ रुपैयाँ, स्थानिय निकाय निसर्त पुँजिगत अनुदन ३ करोड ७१ लाख ६३ हजार प्राप्त भएकोमा खर्च तर्फ ४७ लाख ७२ हजार २ सय ६ रुपैयाँ,स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल.जि.सि.डी.पी.) अन्र्तगत २६लाख ३७ हजार प्राप्त भएकोमा खर्च तर्फ ५ लाख ५८ हजार, सामाजिक सुरक्षा अन्र्तगत ४ करोड ४७ लाख ७६ हजार प्राप्त भएकोमा अर्च तर्फ १ करोड २२ लाख १४ हजार ८ सय र बैद्यनाथ धाम संग्राहलय निर्माणका लागि ७ लाख रुपैयाँ प्राप्त भएकोमा ६ लाख ८० हजार रुपैयाँ खर्च भएको र २० हजार रुपैयाँ बाँकी रहेको लेखापाल भट्टले बताए । यस्तै नगरपालिकाको आन्तरिक स्रोत पुजिगत तर्फ २ लाख २७ हजार र आन्तरिक स्रोत चालु तर्फ ११ लाख ९ हजार ९ सय ५५ रुपैयाँ खर्च भएको पनि उनले जानकारी दिए ।