सूचना प्रवाहमा राससको अहम् भूमिका ः अध्यक्ष वाग्ले

कपन अनलाइन, कञ्चनपुर, १५ मङ्सिर ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले सूचना सम्प्रेषणमा राससको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति महाकाली अञ्चल कार्यालयको पर्खालको आज शिलान्यास गर्नुहँुदै उहाँले राससले सूचना प्रवाह गरी राष्ट्रिय दायित्व बहन गरेको बताउनुभयो । महाकाली अञ्चल कार्यालयको पुनःनिर्माण र पर्खाल निर्माण गर्ने महानुभावलाई उहाँले कृतज्ञता ज्ञापन गर्नु्भयो ।

सबैको सहयोगले रासस यहाँसम्म आइपुगेकाले अझै सहयोगको खाँचो रहेको उहाँले उल्लेख गर्नुभयो ।

वरिष्ठ पत्रकार चित्राङ् थापाले कार्यालय भवनको पुनःनिर्माणको कार्य सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार मेदिनीकुमार तिवारी(केवल)ले पुनःनिर्माणको कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रममा नेपाली सेनाका अधिकृत, निर्माण व्यवसायी, खेलाडी सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

जिल्ला विकास समिति, भीमदत्तनगरपालिकाको रु दुई÷दुई लाखको सहयोगमा पर्खाल निर्माणको कार्य सुरु गरिएको छ । जीर्ण भवन विभिन्न दातृ संस्थाको सहयोगमा पुनःनिर्माण गरिएको हो ।

सो अवसरमा अध्यक्ष वाग्लेलाई राससको महाकाली अञ्चल कार्यालयको वस्तुस्थितिकाबारे समाचारदाता शेरबहादुर सिंहले जानकारी गराउनुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।