स्वास्थ्य मन्त्रीको रूपमा गगन थापाको १ महिना पूरा, के गरे ? के के गर्दैछन् ?

स्वास्थ्य मन्त्रीको रूपमा गगन थापाको १ महिना पूरा, के गरे ? के के गर्दैछन् ?

kslkkd

कपन अनलाइन, २१ असोज, २०७३

स्वास्थ्य मन्त्री गगन थापाले मन्त्री भएको एक महिना पूरा गरेका छन् । यस एकमहिनाभित्रका मन्त्रीका हैसियतबाट थापाले गरेका र गर्न खोजका कामहरुको प्रगति विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । अनसनरत डा. गाविन्द केसीको मागका सम्बन्धदेखि मन्त्रालय र विभागका कामका विवरण प्रस्तुत गर्ने सिलसिलामा थापाले यसअघि सम्झौता भएअनुरुप चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भई संसदीय समितिमा पुगेको जानकारी दिँदै केसीलाई अनसन तोड्न अनुरोध गरेका छन् ।

युवापुस्ताबाट विशेष रुचाइएका नेताका रुपमा छबि बनाएका स्वास्थ्य मन्त्री थापाले आफ्ना केही योजनाहरु सार्वजनिक गरेका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले २ दर्जन योजनाहरु सार्वजनिक गरे । उनले सार्वजनिक गरेका योजनामा औषधि व्यवस्था विभागको मोबाइल याप्सदेखि गरिब तथा निम्न आय भएकाहरुको लागि निःशुल्क उपचार गर्ने कुराहरु समाहित छन् ।

स्वास्थ्य मन्त्री थापाले सार्वजनिक गरेका महत्वपूर्ण केही योजनाहरुः- 

१. स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने औषधिको विवरण अनिवार्यरुपमा टाँस्ने व्यवस्था ।
२. आधारभूत स्वास्थ्य सेवाका लागि जनस्वास्थ्य ऐन तर्जुमा गरिने ।
३. राज्य पुनसंरचनामा स्वास्थ्यसेवा प्रवाहको संस्थागत खाका बनाइने ।
४. औषधिको नियमित आपूर्ति र व्यवस्थाका लागि केन्द्र र जिल्लास्तरका सबै निकायबाट औषधि खरिद गर्ने व्यवस्था गरिने ।
५. जिल्ला, अञ्चल र क्षेत्रका सबै तहको स्वास्थ्य सेवा नियमित अपडेट कायम राख्ने व्यवस्था ।
६. औषधिका विवरण राख्न औषधि व्यवस्था बिभागमार्फत मोबाई याप्स बनाउने ।
७. सर्जिकल सामग्रीको आपूर्ति, खरिद र बजार व्यवस्था चुस्त राख्न निर्देशिका निर्माण ।
८. अस्पतालको ओपिडि सेवालाई बेलुका ५ बजेसम्म व्यवस्था गरिने ।
९. सरकारी केन्द्रिय अस्पतालमा ३ महिनाभित्र टोकन सिस्टममा विरामी जाँच्ने व्यवस्था गरिने ।
१०. अस्पतालका कार्यकारी प्रमुखले निजी सेवामा काम गर्न बन्द गराउने ।
११. बीर र कान्ति अस्पतालमा १५ करोडको रेडियसन मसिन र आइसियू निर्माण गरिने ।
१२. तीन महिनाभित्र ११० वटा सामुदायिक स्वास्थ्य इकाई र ४० सहरी स्वास्थ्य केन्द्र बनाइने ।
१३. ६ महिनाभित्र २०० वटा बर्थिङ सेन्टर बनाइने ।
१४. ५०० वटा स्वास्थ्य चौकीमा नसर्ने रोगहरुको प्रारम्भिक परीक्षण गरिने ।

१४. भूकम्पले क्षतिग्रस्त भएका स्वास्थ्य संस्थाको पुननिर्माण तीनवर्ष भित्र गरिसक्ने ।

१५. तीन महिना भित्र रिक्त रहेका ४ सय ८५ विशेषज्ञ चिकित्सक र २ सय मेडिकल अफिसर करारमार्फत पदपूर्ति गर्ने, साथै पारामेडिक्स नर्सहरुको पनि व्यवस्थापन गर्ने

१६. विभाग एवं महाशाखा प्रमुखलाई कार्यसम्पादन करार मार्फत योजना र कार्यान्वयनका आधारमा नियुक्ति गर्ने

१७. ४५ दिनभित्र स्वास्थ्य बीमा सम्बन्धी ऐन मन्त्रिपरिषदमा  लाने ।

१८. बाहिरबाट रिफर भएका बिरामीलाई प्राथमिकतामा केन्द्रमा उपचारको व्यवस्था विकास गर्ने

२०. २ महिनाभित्र निजी अस्पताल सञ्चालनको कार्यविधी लागू गराउने

२१. १० प्रतिशत निशुल्क सेवामा कडाइ गरेर लागू गराउने

२२. निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको न्यूनतम तलबमान कायम गराउने ।

तपाइँको प्रतिक्रिया ।