पं. होमनाथ रहेनन्, भोलि ८-११ बजेसम्म पशुपतिमा अन्तिम श्रद्धाञ्जली दिइने

पं. होमनाथ रहेनन्, भोलि ८-११ बजेसम्म पशुपतिमा अन्तिम श्रद्धाञ्जली दिइने

homnath

कपन अनलाइन, २२ भाद्र, २०७३

नेपाली शास्त्रीय संगीत क्षेत्रका भिष्म-पितामह मानिने वरिष्ठ तबलावादक पं होमनाथ उपाध्यायको निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट पिडीत उपाध्याय केही दिनदेखि ओम हस्पिटलमा उपचाररत थिए ।  नेपाली शास्त्रीय वादन क्षेत्रका व्यक्तित्व होमनाथ उपाध्याय विसं २००० साल असार २० गते काठमान्डूको ज्ञानेश्वरमा जन्मेका थिए ।  पिता तुलसी उपाध्याय र माता भगीरथी उपाध्यायका उनी जेठा छोरा थिए ।   होमनाथ उपाध्यायले भारतको गोरखपुर विश्वविद्यायलयबाट शिक्षामा एमए गरेका थिए भने विसं २०२७ सालदेखि तीन वर्ष उनी मुम्बईमा प्रशिद्ध सङ्गितकार आरडी बर्मनका सहायक रहेर काम गरेका थिए ।  उनले सुप्रसिद्ध तबलावादक अनोखेलालका पुत्र तबलावादक रामजी मिश्रबाट तबलामा शिक्षा प्राप्त गरेका थिए ।


विसं २०३० मा पं होमनाथको विवाह वीणासित सम्पन्न भएको थियो । उपाध्यायका एक छोरा र एक छोरी छन् । उनका छोरा प्रमोद उपाध्याय एक कुशल युवा तबलावादक हुन् । स्वर्गीय उपाध्यायको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भाद्र २३ गते बिहिबार बिहान ८ बजेदेखि ११ बजेसम्म पशुपतिनाथ मन्दिर परिसरमा राखिने जानकारी तबलावादक परशुराम पौडेलले दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।