हात्तीगौडा रक्तसंचार कोषले २५ भदौमा बृहत रक्तदान कार्यक्रम गर्दै

हात्तीगौडा रक्तसंचार कोषले २५ भदौमा बृहत रक्तदान कार्यक्रम गर्दै

२०४१ सालमा स्थापित ” हात्तिगौडा रक्त सञ्चार कोष ”  भदौ २५ गते शनिवारका दिन  विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

रक्तदान कार्यक्रमसहित  संस्थाका आजीवन र साधारण सदस्यहरूलाई सदस्यतापत्र बाँड्नेसहितका बिभिन्न कार्यक्रम रहेको संस्थाका अध्यक्ष राजु भण्डारीले बताएका छन् ।  बुनपा हात्तिगौडास्थित  गोल्फुटार पार्टी प्यलेसमा  बिहान ०९ बजे देखि दिनको १२ बजेसम्म आयोजना गरिने र  कार्यक्रममा १०० जना भन्दाधेरैबाट रक्तदान गर्ने किसिमको तयारी रहेको बताउँदै अध्यक्ष राजु भण्डारीले   “रक्त दान” कार्यक्रममा सहभागी हुन समाजका सबैलाई आग्रह गरेका छन् ।

” हात्तिगौडा रक्त सञ्चार कोष ”  काठमाडौँको उत्तरी भेकको  सक्रिय संस्थाको रुपमा चिनिन्छ । रक्तदान र रक्तदाताको क्षेत्रसहित अन्य सामाजिक क्षेत्रमा पनि संस्था कृयाशील छ ।

तपाइँको प्रतिक्रिया ।