प्रहरीले नियन्त्रणमा लिएको कागजात बुझाइयो

कपन अनलाइन / बनेपा, २४ भदौ ।

धुलिखेलस्थित जिल्ला मालपोत कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएका कागजात बिहीबार प्रहरीले भूमिसुधार व्यवस्थापन विभागलाई हस्तान्तरण गरेको छ ।

विभागका निर्देशक गणेश आचार्यको नेतृत्वमा धुलिखेल आएको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको ५७ थान लिखत र सात थान लालपुर्जा हस्तान्तरण गरेको हो । मालपोत कार्यालय, धुलिखेलमा मङ्गलबार राति अबेरसम्म शङ्कास्पद काम भएको भन्ने स्थानीयवासीको उजुरीका आधारमा प्रहरीले ती कागजात नियन्त्रणमा लिएको थियो ।

“भित्री कुरा के भएको थियो जानकारी भएको छैन, त्यसैले हामीले विस्तृत अध्ययन गरिरहेका छौँ”, भूमिसुधार मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले भन्नुभयो । उहाँले तथ्यमा पुग्न केही समय लाग्ने उल्लेख गर्दै सो बिषयमा छानबिन भइरहेको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।