हृदयेन्द्र १५ वर्षका भए

हृदयेन्द्र १५ वर्षका भए

13672340_1228707117142231_1935500490_n (2)

कपन अनलाइन, १४ साउन, २०७३

०५८ राजा विरेन्द्रको बंश नाशसँगै कमजोर बनेको नेपाली राजसंस्था आजका दिनसम्म आउँदा नागार्जुन दरबार र निर्मल निवासमा सिमित छ । राजाका पक्षधर भनिनेहरू जन्मोत्सवको अवसरमा सलबलाएको देखिए पनि पूर्व राजा ज्ञानेन्द्र भने अझै जनतालाई सर्वोपरी ठान्छन् । नेपाली राजनीतिका बारे यदाकदा दिएका उनका कमेन्टले उनी अझै भलादमी राजनीतिको पक्ष देखिन्छन् । विश्वकै इतिहासमा रक्तहीन सत्ता हस्तान्तरणको नमुना प्रस्तुत गरेका पूर्व राजा  ज्ञानेन्द्रका छोरा पूर्व युवराज पारस पनि पछिल्ला दिनमा आध्यात्मिक चेतनाका यात्रामा रहेका छन् । पार्टीका कार्यकर्ताबाहेकका जनतालाई अझै पनि यो देशबाट राजतन्त्र किन गयो वा गणतन्त्र आएर के भयो भन्ने प्रश्नले पिरोलेको बेला पूर्व युवराज पारसका छोरा हृदयेन्द्र १५ वर्षका भएका छन् । राजतन्त्र सकिँदा पुर्वराजा ज्ञानेन्द्र र तत्कालिन राजनीतिक दलहरूबीच हृदयन्द्रलाई राजा बनाउने भद्र सहमति भएको कुरा पनि लामो समय चर्चाको विषय बनेको थियो । पूर्व युवराज्ञी हिमानी शाहको सामाजिक काम तथा फोटोजेनिक तस्वीरहरू लोकप्रिय बनिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र निकट फोटोग्राफर राजकुमार थापाले खिचेको हृदयेन्द्र शाह १५ वर्ष लागेको यो फोटोले उनको भाग्य र कर्मको डोरो कस्तो होला भनेर राजसंस्थाका साँचा पक्षधरलाई लाग्दो हो !!! हृदयन्द्र शाहलाइ जन्मदिनको धेरै धेरै शुभकामना !!

तपाइँको प्रतिक्रिया ।