बुनपाको सार्बजनिक सुनुवाइ सम्पन्न

बुनपाको सार्बजनिक सुनुवाइ सम्पन्न

IMG_0221

कपन अनलाइन, ३० असार, २०७३

बुढानिलकण्ठ नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिने अबस्थामा अनिवार्यरूपमा गर्नु पर्ने सार्वजनिक सुनुवाई कार्यक्रम आज गोल्फुटार बास्केटबल कोटमा सम्पन्न भएको हो । करिब १०० जनाको सहभागिता रहेको कार्यक्रममा बुनपाका कार्यकारी अधिकृत विश्वराज मरासेनीले कार्यक्रममा सहभागिहरूको उठाएको प्रश्न तथा चासोको उत्तर दिएका थिए । कार्यक्रममा सहजीकरण समिति तथा अनुगमन समिति सदस्यहरूको उपस्थिति रहे पनि सहभागिले कार्यकारी अधिकृतसँग मात्र प्रश्न गरेका थिए । कार्यक्रम बिहान ९ बजे शूरु भएर १०.३० मा सकिएको थियो । बुनपाको सार्बजनिक सुनावाई सम्बन्धि विशेष रिपोर्ट(भिडियोसहितको) भोलि कपन अनलाइनमा प्रकाशित हुनेछ ।

तपाइँको प्रतिक्रिया ।