भुकम्प, कौडोल, सुसाना र बुद्धिलाल नगरकोटीसँग राजु श्रेष्ठ

भुकम्प, कौडोल, सुसाना र बुद्धिलाल नगरकोटीसँग राजु श्रेष्ठ

13348905_1131425996877890_780962936_n (1)

कपन अनलाइन, जेठ २४, २०७३

त्यसो त जहाँ अरुको नजर पुग्दैन त्यहाँ राजु श्रेष्ठ नजर पुग्छ भनिन्छ । सामाजिक चेतनाका हिसाबले अब्बल रहने राजु श्रेष्ठको नजर पिछडिएको वर्ग, क्षेत्र तथा व्यक्तितिर बढि पुग्छ । राजनीतिमा पनि सक्रिय उनका नजर नसमेटिएका र पछाडि पारिएकाहरुलाई समेट्नतिर सक्रिय छ । गतवर्ष आएको विनाशकारी भुकम्पपश्चात देशका बिभिन्न भागमा ठूलो धनजनको विनाश भयो । त्यो भुकम्पको घाउ अझै भरिएको छैन । ती भुकम्प पिडितहरु वर्षा लाग्न लागेको बेलामा छानामुनी सम्म बस्न पाउने अबस्था बनेको छैन । तर यही वर्षाको पानी बगेर पुग्ने समुन्द्रमा पानी जहाज चलाउने योजना भने प्रधानमन्त्रिले भाषण धमाधम ठोक्न थालेका छन् । भुकम्प प्रभावित क्षेत्रका पिडितहरु भने वर्षासँगै उब्जने गाउँ, बास र कपासको चिन्ताले दुब्लाउँदै गएका छन् ।

राजधानी काठमाडौं पनि गत वर्षको भुकम्पबाट क्षतविक्षत भएको सहर हो । थुप्रै मानिसको मृत्यूसहित खरबौंको सम्पक्ति बिनास भएको छ राजधानीमा यो भुकम्पबाट । राजधानीभित्रका गाउँमा सो भुकम्पले ठूलो क्षति पुर्यायो । दाता तथा स्वयंसेवकहरु राजधानीबाहिर झुम्मिएको बेला राजु श्रेष्ठ भने काठमाडौंको उत्तरी भेकका बिभिन्न गाउँमा पिडित भएका व्यक्तिहरुको घरघरमा पुगे । भुकम्प आएको दिनैदेखि काठमाडौंभित्र भएर पनि पिछडिएका बस्तीमा उनी राहतका सामग्री बोकेर हिँडे । उनीसँगै धेरैभन्दा धेरै हातहरु भुकम्पपिडित बस्तीमा पुर्याए राजुले । तन, मन अनि धन लगाएर आफूले पनि सहयोग गरे अरुलाई पनि सहयोग गर्न लगाए । सामाजिकमात्र नभई राजनीतिक यात्रामा पनि सक्रिय राजु श्रेष्ठले भुकम्पपछिका १ वर्षमा आफ्नै खर्च तथा अन्य बिभिन्न श्रोतबाट करिब १ करोड बराबरको खाद्यान, जस्तापाता, स्लिपिङब्याग, इँटालगायतका बस्तुहरु बाँडे भुकम्प पिडित बस्तीमा ।

13384915_1131425866877903_920120776_n
भुकम्प पिडितहरुलाई सहायतास्वरुप काठमाडौंको उत्तरी भेकमा सक्रिय हुने क्रममा राजु श्रेष्ठ तत्कालिन चुनिखेल गाविस तथा हाल बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत वडा नं. १७ कौडोलमा बढि सक्रिय रहे । सहरबाट नजिकको गाउँ भए पनि सम्पूर्ण मानव विकासका हेतुले पिछडिएको कौडोल गाउँमा राजु श्रेष्ठले बढि समय दिए । नगरकोटी जातको नेवार बस्ती रहेको यो गाउँ पुग्दा जो कोहीलाई निकै ग्रामीण इलाका महशुस हुन सक्छ । गत वर्षको भुकम्पमा यो नगरकोटी बस्तीका प्रायः सबै घर भत्किए । केही चौपायाहरु मरे पनि मानवीय क्षतिचाहिँ भएन । कौडोलको यो हालतमा राजु श्रेष्ठको मन धेरैभन्दा धेरै सहयोग यही बस्तिमा हुनुपर्छ भन्ने लागेपछि आफू र आफूले भनेको खानेहरुको सहयोग जुटाउँदै नियमित सहयोगको प्याकेज बस्तिलाई पुर्याउँदै आएका छन् । आजभोलि पनि उनी कौडेलमा पुगिरहन्छन् केही न केही सहयोगको प्याकेज लिएर ।

जेठ २४ गते बिहान पनि राजु श्रेष्ठ केही आफ्ना सहकर्मीसहित कौडेलतिर लागे । यो बस्तीमा बसोबास गर्ने बुद्धिलाल नगरकोटीलाई घाँटीमा क्यान्सर भएको छ । उनीसँग उपचार गर्ने पैसा छैन । ४७ वर्षका नगरकोटी उमेरले राजुभन्दा कान्छा छन् तथा ४ बालबालिकाका पिता हुन् । यी क्यान्सर पिडितलाई केही गर्नु पर्ने सोच पलायो राजुमा । घाँटीको क्यान्सर भएका बुद्धिलालको क्यान्सर लास्ट स्टेजको नभएकाले उपचार सम्भव भएको देखिएपछि केही न केही देखिने तथा अनुभव गर्न सकिने सहयोग गर्ने चाहना थियो उनलाई ।

13401461_1058327697587742_727939945_n
यही चाहनाको बीच एक ६० वर्षीया दयालु महिलालाई भेटे राजुले, डा. सुसाना । जर्मनीकी यी दयालु महिलालाई राजु श्रेष्ठसँग चिनाउने काम भने काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहले किसुनजी आश्रम बाँडेगाउँमा गराएका थिए । नेपालको सामाजिक कार्यमा पछिल्ला दुईदशकदेखि सक्रिय सुसाना र राजु श्रेष्ठबीचको भेटले बुद्धिलाल नगरकोटीलाई सहयोग गर्ने एउटा आधार तयार भयो । यही सहयोगको कार्यक्रम लिएर जेठ २४ गते बिहान राजु श्रेष्ठ डा. सुसानालाई लिएर कौडोल पुगेका हुन् । कौडोलमा एउटा सानो कार्यक्रम गरेर डा. सुसानाले नगरकोटीलाई रु. १,५०,००० प्रदान गरिन् । राजुसँग कार्यक्रममा गएका उनका सहकर्मीहरु कर्माछिरिङ शेर्पा, कान्छा श्रेष्ठ, भरत अधिकारी, गोकुल धिताल, भाइनारायण श्रेष्ठ, दावा शेर्पा, काशीलाल श्रेष्ठ र राजाराम बुढाथोकीले पनि बुद्धिलाल नगरकोटीलाई सहयोग पुर्याए ।

नेपालको हुम्ला तथा मुस्ताङको ग्रामीण विकास काम गरिरहेकी डा. सुसानासँग अझै थुप्रै यस्ता कामहरुमा सक्रिय रहने प्रयासमा छन् राजु श्रेष्ठ । भुकम्पमात्र हैन मानवीय विकासमै पिछडिएको कौडोललाई नमूना गाउँ बनाउन सक्रिय रहने विचार स्वरुप राजु श्रेष्ठ र डा. सुसाना योजना बुन्दै छन् ।

तपाइँको प्रतिक्रिया ।