अहिले भैरहेको मौसमको खराबीले यो वर्षको मनसुन ढिलो हुने !!

अहिले भैरहेको मौसमको खराबीले यो वर्षको मनसुन ढिलो हुने !!

allahbad-kids_1434015i

कपन अनलाइन, काठमाडौँ, २३ जेठ, २०७३

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण बदली र वर्षा भैरहेको छ । उक्त वायुको प्रभावले आज देशभर बदली हुनाका साथै पूर्वी, मध्य र पश्चिम भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुवै वायुको सम्मिश्रणले पानी परेको र यो प्रणाली केही दिन जारी रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

अर्का मौसमविद् वरुण पौडेलले प्रि–मनसुनको पूर्वसन्ध्यामा मौसममा केही खराबी आएकाले मनसुन ढिलो हुने बताए । नेपालमा सामान्यतः जुन १० देखि मनसुन सुरु हुन्छ । यस पटक बङ्गालको खाडीमा न्यूनचापीय रेखा सक्रिय नभएकाले मनसुन केही ढिलो हुने मौसमविद् पौडेलले बताए । उनका अनुसार देशको पश्चिमी भेगमा पश्चिमी वायुको प्रभाव, मध्य भेगमा न्यूनचापीय रेखाको विकास र पूर्वी भेगमा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मौसममा खराबी आएको र अहिले मध्य र पूर्वी भेगका केही स्थानमा वर्षात् भइरहेको छ । साँझपख काठमाडौँ उपत्यकासहित देशका अधिकांश भेगमा वर्षात् हुने बताइएको छ ।

तस्वीर: दटेलिग्राफडटसिओ

तपाइँको प्रतिक्रिया ।