रु २० हजारदेखि रु १ लाख ८५ हजारसम्म प्रकृति र नारीसम्बन्धी चित्रकला प्रदर्शनी

रु २० हजारदेखि रु १ लाख ८५ हजारसम्म प्रकृति र नारीसम्बन्धी चित्रकला प्रदर्शनी

women paintings clouds autumn season ribbons sunlight yellow dress 1920x1200 wallpaper_www.wall321.com_9

कपन अनलाइन, काठमाडौँ, २३ जेठ, २०७३

विश्व वातावरण दिवसको उपलक्ष्यमा मिथिलाएँ आर्ट ग्यालरीले प्रकृति र नारीसम्बन्धी एकल चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । प्रदर्शनीमा भारतीय कलाकार पोली कौरका ३९ चित्रकला राखिएका छन् । एक वर्ग फिटदेखि १२ वर्ग फिटका चित्र प्रदर्शनीमा राखिएको ग्यालरीका निर्देशक श्यामसुन्दर यादवले राससलाई जानकारी दिनुभयो । “प्रदर्शनमा रहेका चित्रकलाको मूल्य रु २० हजारदेखि रु एक लाख ८५ हजारसम्म तोकिएको छ, प्रदर्शनी जेठ २८ गतेसम्म चल्नेछ”, उहाँले भन्नुभयो ।

प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ मूर्तिकार प्रा गोविन्दनारायण ज्यापूले प्रकृति मानव जीवनको आधार भएकाले चित्रकला प्रदर्शनका माध्यमबाट वातावरण संरक्षणका लागि जनचेतना जागृत गर्न सकिने बताउनुभयो । कला समीक्षक रमेश खनालले प्रदर्शनीमा राखिएका चित्रकलामा प्रकृतिमा पाइने फूल, पात र महिलालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो । वरिष्ठ कलाकार जयेन्द्रमान अमात्यले प्रकृति र नारीलाई कलामा उतारेर प्रदर्शन गरिएकाले यसको महत्व अन्य प्रदर्शनीभन्दा बढी रहेको उल्लेख गर्नुभयो । रासस

(तस्वीर सौजन्य गुगल)

तपाइँको प्रतिक्रिया ।