आज विश्व वातावरण दिवस

आज विश्व वातावरण दिवस

abu-environment-day-2015

कपन अनलाइन, जेठ२३, २०७३

आज ५ जुन,  विश्व वातावरण दिवस   हो। ५ जुन १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको यस दिवसको अवसर पारेर नेपालभरी बिभिन्न कार्यक्रमहरू भैरहेको छ । संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ। ‍‍‌‌वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

यो वर्ष ‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन : संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ सरकारी र गैरसरकारी संघसंस्थाले बिभिन्न कार्यक्रम गर्दैछन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ताका लागि जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई संरक्षण र सम्बद्र्धन गर्न आवश्यक रहेको बताएका छन्  ।

(तस्वीर:साझासबालडटकम)

तपाइँको प्रतिक्रिया ।