विजयेश्वरीको १२ वर्षे कलेवर फेर्ने पूजाको तयारीबारे छलफल
![sf7df8f}Fsf] ljho]Zj/L ljBfw/L nufot rf/ of]lugLsf] af¥x jif]{ sn]j/ km]g]{ k"hf cfof]hs ;ldltsf cWoIf df]xg/Tg zfSo, d"n k'/f]lxt o1dfgklt jh|frfo{nufotsf JolQmx? ljhoZj/L ljxf/df a'waf/ 5nkmn ub}{ . tl:a/ M /fdnfn >]i7, /f;;](https://kapanonline.com/wp-content/uploads/2016/05/1464186051025_RLS_Ktm_052516_IMG_2157.jpg)
कपन अनलाइन, काठमाडौँ, १२ जेठ, २०७३
आगामी असार १ गतेदेखि विधिपूर्वक सुरु हुने काठमाडौँको शोभाभगवती विजयेश्वरीस्थित विद्याधरीसहित चार योगिनी (बज्र बाराही, बज्र योगिनी, खड्ग योगिनी तथा आर्यतारा) को १२ वर्षे कलेवर फेर्ने पूजाको तयारीबारे बुधबार सम्बद्ध पक्षहरुबीच छलफल भयो । पूजा कार्यक्रमको पहिलो चरणमा असार १ गतेका दिन विद्याधरीलगायत चारै योगिनीको शोभाभगवतीस्थित रुद्रमति सङ्गम तीर्थमा स्नान गराइने कार्यक्रम रहेको छ ।
छलफल कार्यक्रममा विजयेश्वरी विद्याधरीको १२ वर्षे कलेवर फेर्ने पूजाको विधिबारे मूल पुरोहित यज्ञमानपति वज्राचार्यले सविस्तार जानकारी दिनुभएको थियो । उहाँले विद्याधरीको कलेवर फेर्ने पूजा निर्विध्नपूर्वक सम्पन्न गर्न सहयोगका लागि विभिन्न संघ, संस्था र निकायसँग आग्रह पनि गर्नुभयो । रासस
तपाइँको प्रतिक्रिया ।
