ज्ञानेश्वर मन्दिर अगाडिको बेलको बोटमा फलेको बेल

ज्ञानेश्वर  मन्दिर अगाडिको बेलको बोटमा फलेको बेल

कपन अनलाइन, काठमाडौँ, जेठ १२, २०७३

काठमाडौँको मुटुमा रहेको ज्ञानेश्वर  मन्दिर धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । सानो गौचरणको दक्षिणपटि जर्मन एम्बेसीसँग  रहेको यो मन्दिरको प्रांगणमा एउटा सानो रूखमा लटरम्म ठूलाठूला दाना फल फलिरहेको देख्दा बनस्पतिसम्बन्धि ज्ञान नभएको मानिसले के फलेको होला भनेर ठम्याउन सक्दैन । यस रूखका पातहरू नभएकाले पनि मानिसलाई ठम्याउन गारो भएको हो । यो हिन्दू धार्मिक परम्परा अन्तर्गतको महत्वपूर्ण बनस्पति बेलको बृक्ष हो । महादेवको मन्दिर भएकाले केही वर्ष अघि लगाइएको बेलको बोटमा फल लागेपछि मन्दिरको शोभा झन् सुन्दर देखिएको हो ।
फोटोहरू:

IMG_1259 IMG_1255 IMG_1256 IMG_1257

 

तपाइँको प्रतिक्रिया ।