काठमाडौं कांग्रेसमा संस्थापनपक्षीय प्रधान र बानियाँको प्रतिष्पर्धा, कस्ले मार्ला बाजी ?

काठमाडौं कांग्रेसमा संस्थापनपक्षीय प्रधान र बानियाँको प्रतिष्पर्धा, कस्ले मार्ला बाजी ?

Desktop9

कपन अनलाइन/फाल्गुण ३, २०७२
काठमाडौं जिल्लाको कांग्रेस सभापति नेपाली कांग्रेसभित्र केन्द्रिय सदस्यभन्दा शक्तिशाली मानिन्छ । यो पदका लागि फाल्गुण ५ गते साँझ आउने परिणामका साथ आउँदो ४ वर्षका लागि तोकिने व्यक्तिका लागि यतिखेर राजनीति वृत्त दौडधुपमा छ । भोलि फाल्गुण ४ गते मनोनयन पत्र दाखिला गर्नु पूर्व हालसम्म अहिलेका जिल्ला सभापति भिमसेनदास प्रधान र सबुज बानियाँबीच प्रतिष्पर्धा हुने देखिएको छ । दुवैजना आफ्ना भेला तथा भेटघाटमा व्यस्त छन् । दुवैजनाले जितका लागि संचारमाध्यमको प्रयोग गरिरहेका छन् सामाजिक संजालमा पनि दुवैजना छाएका छन् ।

काठमाडौं क्षेत्र नं. ६ का सभासद रहेका भिमसेनदास प्रधान र घरजग्गा कारोबारी पूराना कांग्रेसी नेता बानियाँ दुवैजना संस्थापन पक्षीय व्यक्ति हुन् । प्रधानलाई यसअघि १२ औँ अधिवेशनमा बिजयी बन्न देउवा समूहको पनि साथ थियो भने यसपाला देउवा समूहको सहयोग कस्लाई हुने बारे यकिन हुन सकेको छैन । देउवा पक्षले आफ्नै उम्मेदवार उठाउने सम्भावना कम भएको बेला देउवा पक्षले दिने साथ बिजय हुनका लागि पर्याप्त हुने आंकलन पनि गरिएको छ । सबुज बानियाँ प्रत्यक्ष रुपमा महामन्त्रि प्रकाशमान सिंहको मानिस भएकाले १२ औँ महाधिवेशनमा आफ्ना उम्मेदवार राजन केसीको हारलाई बिर्सन सिंहले यसपाला ठूलै कसरत गरेको मानिएको छ । यद्यपि बानियाँको रुपमा प्रकाशमान सिंहले दिएको उम्मेदवारी कमजोर उम्मेदवार भयो भन्नेहरु पनि धेरै रहेका छन् । काठमाडौंमा देउवा पक्षीय क्षेत्रीय सभापति मानिएका व्यक्तिहरु बानियाँको पक्षमा उभिएको वर्तमान माहौलमा प्रतिष्पर्धा कडा हुने देखिएका छन् ।

काठमाडौं सभापति बिजयका लागि नेवार मत सबैभन्दा प्रभावशाली हुने अवस्थामा बानियाँ नेवार नहुनु कहिँकतै प्रकाशमान सिंहले राजन केसीको सट्टामा उठाएका व्यक्ति कमजोर भए भन्न सकिन्छ । बानियाँका पक्षमा काठमाडौंका आधादर्जन क्षेत्रीय सभापति रहेको बताइए पनि क्षेत्रीय सभापतिको भोटमा मात्र बिजय नहुने अवस्थामा क्षेत्रीय प्रतिनिधिको रुपमा बिजय भएका व्यक्तिहरुबीच भिमसेनदास प्रधानको चिनाजानीले ठूलो रोल खेल्ने देखिन्छ । सरल तथा सहज मिजास र व्यवहारका भिमसेनदास प्रधानका अगाडि चिनजान र आनीबानी थाहासमेत नभएका बानियाँको अवस्था कस्तो होला भन्ने कुरा ५ गते साँझ नै थाहा हुनेछ । साथै महामन्त्रिका उम्मेदवारसमेत रहेका युवा नेता गगन थापालगायत जो जो काठमाडौंमा प्रकाशमान सिंहको हालीमुहाली रुचाउँदैनन् उनीहरुको भूमिकाको पनि यो परीक्षाको घडि हो ।

तपाइँको प्रतिक्रिया ।