कपन क्याम्पसको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बूढानीलकण्ठ नगरपालिका(बूनपा) वडा नं १२, कपन मिलन चोक(बालउद्धार उमावि) मा रहेको काठमाडौं उत्तरी भेगकै उत्कृष्ट कपन बहुमुखी क्याम्पसले आफ्नो तेस्रो वार्षिकोत्सव भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

12695816_1006625069376552_1543458075_n

फागुन १ गते आफ्नो स्थापना दिवसको उपलक्ष्य पारेर क्याम्पस प्राङ्गणमै आयोजित कार्यक्रमलाई प्रभात फेरी र साँस्कृतिक गरेर दुई भागमा सम्पन्न गरिएको थियो । प्रभात फेरी कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद डा. राजनप्रसाद भट्टराई र दिउँसोको साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि माननीय गगनकुमार थापा रहेका थिए ।

12714266_1006624992709893_1296972726_n

बिहानी प्रभात फेरी कार्यक्रममा प्रमुख अतिथि डा. राजनप्रसाद भट्टराईले कपन क्याम्पसको भौतिक संरचना लगायतका विकासमा सहयोग गर्ने बताए भने दिउँसो भएको कार्यक्रमका प्रमुख अतिथि गगनकुमार थापाले पनि क्याम्पसको विविध गतिविधिमा आफूले सहयोग गर्ने बताए । क्याम्पस व्यवस्थापन समितिका पदेन सदस्य समेत रहेका सांसद थापाले कपन क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि आफूले पहल गरिरहेको बताए ।

12696156_1006624932709899_1971049181_n

विद्यार्थीहरूको विविध साँस्कृतिक कार्यक्रम सहित भएको वार्षिकोत्सव कार्यक्रममा कपन क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी क्याम्पसका विविध अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण पनि गरिएको थियो ।

12650681_1006625052709887_1254120580_n

कार्यक्रममै क्याम्पसलाई सहयोग गर्ने लक्ष्मी संग्रौला, संस्थापक क्याम्पस प्रमुख अर्जुनप्रसाद पौडेल, क्याम्पसका पूर्व व्यवस्थापन समिति सदस्य डम्बर अधिकारी र निवर्तमान क्याम्पस प्रमुख बिन्दु भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस बूनपा सभापति गणेश कोईराला, नेकपा एमालेका बूनपा प्रतिनिधि उद्धव खरेल, एमाओवादी बूनपा उपाध्यक्ष सञ्जय अर्याल, राप्रपा नेपाल बूनपा प्रतिनिधि श्याम खत्री, राप्रपा बूनपा प्रतिनिधि राजाराम सिलवाल, बालउद्धार उमावि व्यवस्थापन समितिका अध्यक्ष डिल्ली डोटेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

12746237_1006624942709898_541390751_n

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार प्रसाद ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ठाकुर खकुरेलले सबैलाई स्वागत गरेका थिए ।

वि.सं. २०६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर शुरूवात गरिएको कपन क्याम्पसमा हाल स्नातक तहका विविएस र बिएडका कक्षाहरू सञ्चालित छन् ।

करिब १७१ जना आजिवन सदस्य रहेको क्याम्पसमा नयाँ बनेका आजिवन सदस्यहरूलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।