झ्यालबाट छिरेका दाग मेटाउँदै डा. राजन भट्टराई

झ्यालबाट छिरेका दाग मेटाउँदै डा. राजन भट्टराई

कपन अनलाइन/माघ २८, २०७२
एमाले क्षेत्र नं. ४ यतिखेर क्षेत्रीय अधिवेशनमय छ । एमाले क्षेत्रीय अधिवेशनमय भन्दा पनि क्षेत्रीय अधिवेशनको यो परिवेशमा क्षेत्र नं. ४ एमाले राजन भट्टराईमय देखिएको छ । एमालेभित्रका विशिष्ट बुद्धिजिवी भनेर चिनिने भट्टराई लामोसमय एमालेमा विदेश विभाग संहालेर बसेका व्यक्ति हुन् गत अधिवेशनमा उनलाई यो विद्वतालाई ख्याल राखेर सिधै केन्द्रमा मात्र ल्याइएन उनको प्रभावकारिता हेरेर क्षेत्र नं. ४ बाट समानुपातिक सभासद पनि बनाइयो । अघिल्लो अधिवेशनमा उनी नेपाल गुटका भित्र थिए । पछि एक्कासी ओली गुटका अगुवा भए ।  त्यो ताका उनलाई सिधै झ्यालबाट छिरेको आरोप पनि लागेको थियो । संभवतः त्यसैको भर्पाइ गर्दैछन् डा भट्टराई यतिखेर क्षेत्र नं. ४ मा । क्षेत्रीय अधिवेशनको मुखमा भएका प्रायः सबै भेला तथा प्रशिक्षणमा उनले प्रत्यक्ष सहभागितामा मात्र जनाएका छैनन् बोल्ने क्रममा लामो समय आफ्नो विद्वतालाई प्रशुस्त गरेका छन् । पार्टीको धारण सहित आफ्नो गुट र आफू स्वयंको बारे दरिलो जग गाडिरहेका छन् ।

Dr

केन्द्रमा ओलीका प्रभावशाली पक्षधर मानिने भट्टराई क्षेत्र नं. ४ मा दरिलो नेताको अभावलाई पनि दीर्घकालिन रुपमा पूर्ति गर्दैछन् । यद्धपि उनीसँग माधव नेपाल स्वयं चाहि निकट नै छन् भनिन्छ । आगामि दिनमा उनलाई यस क्षेत्रको प्रत्यक्ष सांसदको दावेदारको रुपमा लिन सकिने कुरा एक क्षेत्रीय प्रतिनिधिले कपन अनलाइनलाई बताए । क्षेत्र नं. ४ मा डा. भट्राईको उपस्थितिमा हालसालै आधादर्जन कार्यक्रमहरु भएका छन् । यो क्षेत्र यसै पनि ओली पक्षको बहुल पनि मानिन्छ भने भट्टराईको यो सजीव उपस्थिति आफैमा पार्टीभित्रको अर्काै पक्षलाई तगडा चुनौति भएको छ वा अर्काे पक्षलाई कमजोर बनाएको छ ।

यसै क्रममा हालै नेकपा एमाले कठमांडौ महानगरपालिका वडा ७ ले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा डा . राजन भट्टराइको प्रमुख आतिथि थिए । यो डा. भट्टराइको आफ्नै बसोबास गर्ने वडा पनि हो । यस कार्यक्रममा काठमाण्डौ जिल्ला संगठन कमिटीका संयोजक कृष्ण राईसहित जिल्ला सदस्य शिब भट्टराई ,भरत कार्कीलगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै भट्टराईले एक महिना भित्रै आफ्नो चीनको भ्रमण हुने र चीनसँग नयाँ सम्झौता हुने मात्र बताएनन् भारत सँग कुनै नया सम्झौता नहुने पनि बताए । उनले प्रधानमंत्रीको अनिक्षाबीच भारत भ्रमणमा आफू जान लागेको खुलाशासमेत गरे ।

Ktm4

डा. यो हप्तामात्रै कपनका ३ वटा कार्यक्रममा सहभागि भएका छन् भने बुनपाभित्रका अरु केही कार्यक्रममा पनि उनी सहभागि भए । उनी सहभागि भएका कार्यक्रममा उनले पार्टीको कुरा मात्र नगरी प्रधानमन्त्रिले बोलेको कुरालाई गतिलो सुरक्षा पनि दिने गरेका छन् । साथै आफू गएको क्षेत्रको विकास निर्माणमा विशेष चासो देखाउने गरेका छन् । उनको यो गतिबिधिले यस क्षेत्रका एमाले कार्यकर्ता उत्साहित भएको र धेरै पछि नेता पाइएको अनुभूति गरेको एक क्षेत्रीय सदस्यले कपन अनलाइनलाइ बताए ।

तपाइँको प्रतिक्रिया ।