न्हुच्छेनारायण र श्यामकृष्णबीच टकराव जारी, राजु श्रेष्ठ फाइदामा

न्हुच्छेनारायण र श्यामकृष्णबीच टकराव जारी, राजु श्रेष्ठ फाइदामा

nc2

कपन अनलाइन/माघ १२, २०७२
कपन अनलाइनले क्षेत्र नं. ४ मा नेका महाधिवेशनको बिबिध पक्षलाई निरन्तर समाचारको माध्यमबाट आफ्ना पाठकहरुलाई सुसूचित बनाइरहेको छ । नेपाली कांग्रेस महाधिवेशनअन्र्गत इकाई अधिवेशन आउन ३ दिन बाँकी रहँदा सबैको ध्यान क्रियाशिल सदस्यमार्फत बुथमा तथा इकाईमा को आउने र ती सदस्यहरुमार्फत क्षेत्र, जिल्ला, महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा को को पठाउने विषयमा भएको देखिन्छ । क्षेत्र नं. ४ मा प्रतिभाशाली सांसद गगन थापाको अस्तित्व कस्तो रहने विषय पनि इकाई अधिवेशनले तय गर्ने भएकोले उनले पनि आफूको गृहकार्य मजबुत तरिकाले गरिरहेको बताइन्छ । त्यसैगरी क्षेत्र नं. ४ मा शेरबहादुर देउवा प्यानल साथै प्रकाशमान सिंह प्यानल पनि आफ्नो मजबुत अस्तित्वको लागि लडाइँ लडिरहेको बताइएको छ । यी धारहरुबाट कसले प्रतिनिधित्व गर्दैछ भन्ने कुरा औपचारिक सार्वजनिक नभए पनि यसपाला पनि राजु श्रेष्ठ नै गगन थापाको चुनौतिको रुपमा रहने धेरैले आंकलन गरेका छन् ।

१२ औँ महाधिवेशनसँगै काठमाडौँ क्षेत्र नं. ४ मा गगन थापा र राजु श्रेष्ठबीच अस्तित्वको लडाइँ शुरु भएको हो । १२ औँ महाधिवेशनमा राजु श्रेष्ठ झिनो मतले पराजित भए भने गगन थापा पक्षधर न्हुच्छेनारायण विजयी भएका थिए । १३ औँ महाधिवेशनमा पनि सोही अनुरुपको प्रतिष्पर्धा रहने धेरैको आंकलन रहेको छ । कपन अनलाइन र नेपाल टेलिग्राम डटकमले केही दिनदेखि गरिरहेको स्वतन्त्र अनलाइन मत सर्वेक्षणमा राजु श्रेष्ठले निकै धेरै मत पाएका छन् भने वर्तमान सभापति न्हुच्छेनारायण श्रेष्ठले एकदमै कम मत पाउनुले कहिँकतै क्षेत्र नं. ४ को भावी नेका राजनीति प्रतिबिम्बित भैरहेको भन्नेहरु भेटिन थालिएको छ । राजु श्रेष्ठले हालसम्म अनलाइनमार्फत हालिएको करिब ७५०० मतमा ५० प्रतिशतभन्दा माथि मत पाएका छन् भने न्हुच्छेनारायण श्रेष्ठले जम्मा ५ प्रतिशत मत पाउनुले उनको हालत निकै नै कमजोर भएको अनुमान लगाउन सकिन्छ । हाल क्षेत्रीय सचिब श्यामकृष्ण संगतले यस सर्वेक्षणमा केही दिन अग्रता लिए भने हाल दोस्रो स्थानमा छन् उनले करिब ४० प्रतिशत मत पाएका छन् ।

सांसद गगन थापा स्वयं पनि यसपाला न्हुच्छेनारायण श्रेष्ठलाई क्षेत्रीय सभापतिमा उठाउने वा नउठाउने बारे अन्यौलमा देखिएको बताइन्छ । श्रेष्ठसँगै क्षेत्रीय सचिव श्यामकृष्ण संगतले भावी सभापतिमा आफ्नो दाबी रहने बताएकोले गगन थापाले यसपाला श्रेष्ठको ठाउँमा संगतलाई क्षेत्रीय सभापतिको टिकट दिन सक्नेछन् । क्षेत्र नं. ४ नेपाली कांग्रेसमा बा नामले चिनिने वयोवृद्ध नेता चिरन्जिविनिधि तिवारी पनि यसपाला न्हुच्छेनारायण श्रेष्ठलाई नदोहोर्याउने मुडमा रहेको बताइन्छ भने अधिकांस हालका क्षेत्रीय प्रतिनिधि वर्तमान सभापतिसँग रुष्ट देखिएका छन् । यसरी चौतर्फि वर्तमान सभापतिको बारेमा कमजोर टिप्पणी भैरहेको बेला उनैलाई एकपटक सभापतिमा उम्मेदवार बनाउँदा हारिन्छ भन्नेहरु धेरै देखिएकोले वर्तमान क्षेत्रीय सचिव श्यामकृष्ण संगतलाई गगन थापाले क्षेत्रीय सभापतिमा उठाउने प्राय पक्का भएको एक क्षेत्रीय सदस्यले कपन अनलााइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।