नारदमणि घिमिरेको गुनासो/दुखेसो र स्पष्टिकरण

नारदमणि घिमिरेको गुनासो/दुखेसो र स्पष्टिकरण

कपन अनलाइन/माघ १३, २०७२

नेपाली काँग्रेश बूढानीलकण्ठ नगरपालिका-१२ का वर्तमान ईकाई सभापति नारदमणि घिमिरेले जो कमजोर छन्, उनीहरूले नै मेरो क्रियाशिलता छैन भनेर अफवाह फैलाएको बताएका छन् । मेरो क्रियाशिल सदस्यता सम्बन्धि विवाद निकालेर आफूले नेपाली काँग्रेशमा गरेको त्यागलाई नामेट पार्ने काम भएको भन्दै उनले रोष प्रकट गरेका छन् । मेरो क्रियाशिल सदस्यता नै लिष्टमा छैन भनेर हल्ला गरिएको छ- यो षड्यन्त्र पूर्वक गरिएको र निराधार हल्ला हो उनले कपनअनलाइनसँगको भेटमा भने । उनी नेपाली काँग्रेशको १२ औं महाधिवेशनमा आफूले प्राप्त गरेको २६०४०५०३०१३ नम्बरको क्रियाशिल सदस्यता कार्ड सहित नागरिकता र २ दिनअघि वडा कार्यालयबाट बनाएको जोजससँग संबन्धित छ शीर्षकको एकै नारायण घिमिरे र नारदमणि घिमिरे एकै हुन् भन्ने कागजातसहित लिएर कपनअनलाइन कार्यालयमा  आएका थिए ।

12647629_996904267015299_1158558422_n

नारदमणिकोको क्रियाशिल सदस्यता कार्ड अरूकै नामको रहेको र फोटो मात्र उनको नाममा रहेको बूनपा-१२ काँग्रेशमा हल्ला चलिरहेको सन्दर्भमा उनले तत्कालिन ईकाईको कमजोरीले आफ्नो नाम फरक पर्न गएको बताए र उनले उनको क्रियाशिलता कार्डमा भएको नारायण घिमिरे र नागरिकतामा भएको नारदमणि घिमिरे एकै भएको भन्ने व्यवहोराको सिफारिस पत्र बूनपा वडा १२,१३,१४,१८ र १९ को संयुक्त वडा कार्यालयबाट बनाएको पत्र पनि कपनअनलाइन समक्ष प्रस्तुत गरे । पछिल्ला दिनमा प्रकाशित समाचारहरूप्रति पनि दुखेसो गर्दै उनले मेरो आधिकारिक धारणा बुझ्दै नबुझि एकलौटी समाचार प्रकाशित भएको बताए । उनले साविक कपन गाविस हुँदा वडा नं ३ इकाई सभापतिको जिम्मेवारी बहन गरेको तर त्यो बेला पार्टीले सभापति औपचारिकताका लागि मात्र बनाएको स्मरण गर्दै भने – ‘डाडु पन्यु सबै इकाई मै हुने हुँदा आफूले चाहेर पनि पार्टी र जनताको काम गर्न सकिएन र आफ्नो बुद्धि विवेकले क्रियाशिलता समेत भर्न नपाएको गुनासो गरे ।’ उनले थप्दै भने मलाई बूनपा १२ भएपछि २०७१ माघमा पनि पार्टीले वडा सभापति मनोनित गर्यो तर कार्यकाल अत्यन्तै छोटो भएको, भुकम्प र नाकाबन्दी जस्ता राष्ट्रिय समस्याले पार्टी गतिविधि गर्न नसकेकाले पनि यो १३ औं महाधिवेशनमा प्रत्यक्ष निर्वाचित वडा सभापति भएर पार्टी र जनताको काम गर्ने इच्छा छ ।’

12625957_996904237015302_2126893466_n

उनले वडा नंम्बर १२ मा रहेका  क्रियाशिल सदस्यहरूको आफूलाई समर्थन रहेको र टिम वर्क गर्ने साथीहरू आफ्नो पक्षमा हुनु नै आफ्नो जितको आधार रहेको पनि बताए । देशकै ठूलो नगरपालिकाको ठूलो वडा बूनपा-१२ मा घिमिरेको यो प्रष्टोक्तिसँगै डिल्लिप्रसाद डोटेल(श्याम) र नारदमणि घिमिरे(नारायण घिमिरे) बीच वडा सभापतिमा स्पष्ट प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि वडा नम्बर १२ मा सर्वसम्मतिको प्रयासमा पनि केहि पुराना काँग्रेशी नेता लागेको बुझिएको छ । यसैबीच बूनपा-१२ मा ३ जना पुरूष बुथ प्रतिनिधिमा हालसम्म ६ जना- सागर बैजु, रामप्रसाद लुईटेल, दिपक कार्की, खिला सापकोटा,  प्रेम धमला र तिर्थराज भट्टराईको नाम आएको छ भने १ जना महिला प्रतिनिधिमा रिता बुढाथोकी र मीना पराजुली र  नाम चर्चामा आएको छ ।

 

12648059_996904207015305_2131837868_n

तपाइँको प्रतिक्रिया ।