वीरेन्द्रनगरमा सिटी बसपार्क बन्ने भयो

वीरेन्द्रनगर, १३ पुस । अलपत्र परेको सिटी बसपार्क अब बन्ने पक्का भएको छ । दुई वर्षदेखि विभिन्न कारणले अलपत्र परेको बसपार्कको टेन्डर स्वीकृत भएपछि बन्ने छनक देखिएको छ ।

गतवर्ष निर्माण सम्पन्न भइसक्नुपर्ने बसपार्कको अझैसम्म दोस्रो चरणको काम सुरु हुन सकेको थिएन । सो बसपार्क अहिले चाङरिला जेव कन्सट्रक्सन प्रालि काठमाडौँसित रु सात करोडमा ठेक्का स्वीकृत भएपछि बन्ने भएको हो ।

गत मङ्सिर ४ गते चाङरिला जेवको ठेक्का स्वीकृत गरिएको नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभयो । “अबको दुई वर्षमा बसपार्क निर्माण कार्य पुरा हुन्छ” उहाँले भन्नुभयो । बीस वर्षभित्र पाँच प्रतिशत ब्याजदरसहित वार्षिक रु ७५ लाख तिर्ने सर्तसहित नगर विकास कोषले ऋण उपलब्ध गराएको हो । नगर विकास कोषले किस्ताबन्दीमा सो रकम उपलब्ध गराउनेछ ।

बसपार्क निर्माण सम्पन्न भएपछि सञ्चालन गर्न ठेक्कामा दिइने र ुने आम्दानी कोषमा जम्मा गरी तिर्दै जाने योजना बनाएको अधिकृत शर्माको भनाइ छ । अहिले अस्थायी बसपार्क बनाई यातायात सञ्चालनमा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।