जुलियन असाञ्जले बेलायतस्थित इक्वेडरको दूतावासमा मागे शरण
अमेरिका लागायतका देशका महत्वपूर्ण र गोप्प दस्तावेज सार्वजनिक गरेर चर्चामा आएका विकिलिक्सका संस्थापक जुलियन असाञ्जले बेलायतस्थित इक्वेडरको दूतावासमा शरण लिएका छन् । यौन दुराचारको आरोप लागेका असाञ्जले आफुलाई स्वीडेनमा सुपुर्दगी नगर्न गरेको अपील बेलायतको सर्वोच्च अदालतले खारेज गरेलगत्तै उनी बेलायतस्थित इक्वेडरको दूताबासमा शरण लिन पुगेका हुन् । आफुलाई बिनाकारण स्वीडेन पठाउन लागिएको भन्दै असाञ्जले मानवअधिकारबादी संस्था र युरोपेली संघको अदालत इ.सी .एच .आर मा समेत अपील गर्ने तयारी गरिरहेको बेला बेलायती अदालतले उनको अपील खारेज गरिदिएको हो । गोप्य दस्तावेज सार्वजनिक गरी निकै चर्चामा आएका असाञ्जले आफूमाथि लागेको आरोप झूठो भन्दै स्वीडेन जान अस्वीकार गर्दै आएका छन् । उनीमाथि विकीलिक्सका लागि काम गर्ने दुई महिलामाथि बलात्कार र यौन शोषण गरेको आरोप लगाइएको छ ।