नेपालका चाडपर्वहरू : विजय रिमाल

नेपालका चाडपर्वहरू :  विजय रिमाल

कपन अनलाइन
काठमाडौं कात्तिक २२।
पहिले मिलनका र सदभाबका पल थिए,
अब प्रदर्शनका मेला बने ,
जहाँ हर्षको गीत गाइन्छ,
तर खाली पेटको भोक दबाइन्छ ।
गÞरीबका घरमा चुल्हो निभ्दछ,
तर मन्दिरमा हजारौं दियो बल्छ ।
ऋणमा किनिएका कपडाहरू
अहंकारको उत्सवमा ढाकिन्छन्,
र भातभकारी खाली भए पनि
मुखमा “जय !” को शब्द सजाइन्छ ।
नवधनाढ्य हाँस्छ ,
सामाजिक प्रतिष्ठाको मञ्चमा उभिएर,
जहाँ दान पनि देखाउनका लागि हुन्छ,
न कि मनका लागि ।
उनीहरूको चाड “प्रतिस्पर्धा” हो,
गरीबको चाड “संघर्ष” हो ।
चाडले हर्ष ल्याउने होइन,
बरु सामाजिक विभेद झनै गाढा बनायो
जहाँ एकको प्रसाद सुन जवाहरातमा,
अर्काको भात आँसुमा पाक्छ ।
तर कहिल्यै नबिर्स,
साँचो पर्व त्यो होइन जसले गहना चम्काउँछ,
साँचो पर्व त्यो हो जसले मन उज्यालो बनाउँछ,
जहाँ मानवताको सामाजिक सदभाव राखछ
धनले उन्मत्त बनाउदा तेही धनले खाक बनाउछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।