चार मुक्तकहरु : हरि श्रेष्ठ ‘अनन्त’
कपन अनलाइन
काठमाडौं कात्तिक २२।
जिन्दगीमा धेरै चोट खाएँ हजुर
जिन्दगीमा धेरै नोट कमाएँ हजुर
असत्यको धन पच्न गाह्रो रहेछ,
त्यसैले जीवनमा धेरै खोट पाएँ हजुर ।
देउसि र भैलो खेल्दै हामीले तिहार जनाउनुपर्छ
वर्ष दिनको एउटा पर्व हो, मज्जाले मनाउनुपर्छ
जुवा र तास खेलेर होइन दिदीबाट टीका थापेर,
दिदीभाइको माया, मखमली फूल झैँ बनाउनुपर्छ ।
तीजको नाममा आजभोलि विकृति फैलिएको छ
पौराणिकतालाई बिर्सेर आधुनिकतामा मैलिएको छ
दुई दिनको तीज महिनौ दिन पार्टी प्यालेस धाउँदै,
आफ्नो संस्कृति र परम्परा आज किन वैलिएको छ ।
सुन्दर सपना थियोे आमा, तिम्रै हातबाट टीका लगाउन
कस्तो बिपत्ति आईलाग्यो, पाएनौ तिमीसित बसि रमाउन
पत्याउनै सकेको थिइन मैले, यस्तो बज्रपात होला भनी,
लगिछाड्यौ दैव ! कोहि थिएनन् मेरि आमालाई बचाउन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
