चार मुक्तकहरू : आभा भुजेल
कपन अनलाइन
काठमाडौं कात्तिक २२।
एकदम बदलिन्छ,यो मन एक्लोपनले खट्किन्छ
सायद केही न केही त पक्कै जीवनले कल्पिन्छ
जन्म देखिन मृत्यु सम्म परिवर्तन गर्छु भन्दाभन्दै,
मर्नुको निमित्त समयलाई यो धड्कनले पर्खिन्छ ।
कुनै,पल कुनै दिनहरू, यति मीठो यादगार हुन्छ
मानौँ एकछिन, त सबै–सबै मेरो, अधिकार हुन्छ
प्रेम हुन्छ प्यार हुन्छ आश पनि हुन्छ विश्वासको,
तर थाहा थिएन दिलको मझेरिमा, संघार हुन्छ ।
गुनासोका, कुराहरू थुप्रै लेखियो र, देखियो पनि
मान्छेहरू कतिसम्मको स्वार्थी हुन्छ भेटियो पनि
तर साँचो सम्बन्धको लागि समझदारी त चाहिन्छ,
खल्तीमा चल्ती समयले दिएको खुशी हेरियो पनि ।
भन्दैन कसैले तँ छोरी होस् तँलाई स्वतन्त्रता चाहिन्छ
छोरीले कहिले माग्दैन बा, मलाई स्वतन्त्रता चाहिन्छ
जतिसुकै बाधा आएपनि उ कल्पिन्छ मन भित्र भित्रै,
खोज्दैछ परिवर्तन संसार जलाई स्वतन्त्रता चाहिन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
