चार मुक्तकहरु : इशहाक हुसैन

चार मुक्तकहरु : इशहाक हुसैन

कपन अनलाइन
काठमाडौं कात्तिक २२।
खुसी रहनु तिमी सधैँ मुस्कुराउनु
सितारा हरू माझ हाँस्दै रमाउनु
म हेर्दै तिमीलाई खुसी भई रहुँला,
बनी पूर्णिमा चन्द्र तिमी उदाउनु ।

पँधेरो मा पानी लिन आउने सानीलाई
गुराँस की फूल जस्ति फूलकी रानीलाई
अंगालो मा बाँधु की म छाति भित्र टाँसुँ,
सुनगाभा फूल जस्तो तिम्रो जवानीलाई ।

चार कक्षा मै फेल म त तिमी बाह्र पास
कसरी पो म हुन सक्छु तिम्रो प्रिय खास
बेथै बेथा छ दिल भरि जेथा छैन केही,
डर लाग्छ बनाउँछौ कि म प्रेमीलाई दास ।

तिमी सँग बोल्दा नि यो मन रमाउँ छ सानु
के भनौं र खै मेरो मन उसै मुस्कुराउँ छ सानु
जानि नजानी बस्यो तिम्रो दिल मै मेरो दिल,
छन्दमा नै नाम तिम्रो सधैँै गुन्गुनाउँ छ सानु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।