चार मुक्तक : सुभद्रा अधिकारी
कपन अनलाइन
काठमाडौं कात्तिक १४।
नारीले नै सबैको भावना बुझ्नुपर्ने
बिनाकारण पनि सबैसँगझुक्नुपर्ने
सम्बन्ध टिकाउने जिम्मा नारीको हो ?
नारीले अरुकागालीनबोलेरै सुन्नुपर्ने ।
मनलाई बन्दगीबनाएर के मुस्काउनु
उर्जालाई सेलाएर किनपो सुस्ताउनु
जीवन रहँदै केही गरौँ मनबाटै रमाएर,
सकेसम्मकालजयीकर्म गरेर रमाउनु ।
कामभन्दा बढी महात्मा छाट्छन् मानिसहरु
इतिहास ढाल्दै धाउँछन् अड्डाकातारिखहरु
पछुतो त परको कुरा चिन्तन मनन् पनिछैन,
गर्व गर्छन् फेरि ढलाएर अग्रजका सालिकहरु ।
दशैँमा घर आँगनखाली पारेर पाउना बन्नु परेको छ
बुढेसकालमा आफ्नालाई एक्लै बस्नु भन्नु परेको छ
तैपनिअनौठो आशा बोकेर मन कुदिरहेको छ बेस्सरी,
हतासमै मिलनभन्दा बिछोडको दिनफेरि गन्नु परेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
