माओवादी पार्टी औपचारिकरुपमा विभाजित,वैदयको नेतृत्वमा नेकपा,माओवादी गठन

४ असार,काठमाडौ। प्रचण्ड नेतृत्वको एनेकपा माओवादी पार्टी औपचारिक  रुपमै फूटेको छ। उपाध्यक्ष मोहन बैद्यले आइतवार कार्यकर्ताको राष्ट्रिय भेलामा गरेको नयाँ पार्टी गठनको प्रस्तावलाई सर्वसम्मतले पारित गरेपछि माओवादी फुटेको हो ।

पार्टीको नाम नेकपा (माओवादी) राखिएको छ भने पार्टीको नेतृत्व बैद्यले नै गर्ने बताइएको छ ।
माओवादी संस्थापन पक्षले पार्टीको क्रान्तिकारिता गुमाएको र संशोधनवादमा भासिएको आरोप लगाउँदै  नयाँ पार्टी गठनको तयारी केही समय यता गर्दै आएको छ ।
वैद्य समुहले शान्ती र संविधानको बाटो असफल भएको भन्दै क्रान्ति गर्न पर्ने विचार राख्ने गरको छ।
स्रोतका अनुसार नयाँ पार्टीको उपाध्यक्ष,महासचिव जस्ता पदका बारेमा भने निर्णय भइसकेको छैन् । त्यसैगरि केन्द्रिय समिति ७५ जनाको हुन सक्ने बताइएको छ।

तपाइँको प्रतिक्रिया ।