एमालेबाट निकालिए आङकाजी शेर्पा

३ असार, काठमाडौ । पार्टी नीति र नियम विपरित काम गरेको भन्दै एमाले स्थायी समितिले नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पालाई निश्काशन गरेको छ ।

जनजातीको पक्षमा चर्को स्वर उठाउँदै आएका आङ्काजी नेकपा एमालेको सोलुखुम्बु जिल्ला कमिटिका उपसचिव थिए । उनले बारम्बार जनजातीको पक्षमा नलाग्नेलाई कारबाही गर्ने, जिब्रो थुतरे कुकुरलाइ दिने, नेतालाइ सुंगुरको संज्ञा दिने जस्ता आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका थिए ।
शुक्रबार माओवादिले गरेको कार्यक्रममा पनि उनले जनजाती महासंघको महासचिवको रूपमा उपस्थित भएर जनजातीको पक्षमा चर्को भाषण गरेका थिए । उनले त्यहाँ जातीय पहिचानसहितको संघियता र संघियता बिनाको संविधान स्विकार्य नहुने उल्लेख गरेका थिए । उनलाई पार्टीको नीति विपरित अभिब्यक्ती दिएको आरोप लगाईएको छ ।
तपाइँको प्रतिक्रिया ।