धेरै सन्तान चाहन्छिन् नायीका कैट्रिना कैफ

४ असार, एजेन्सी । बलिउडकी चर्चित अभीनेत्री कैट्रिना कैफले आफूलाई बच्चा सार्है मन पर्ने खुलासा गरेकी छिन् । उनले आफूलाई धेरै बच्चाहरु भएको मन पर्ने बताउँदै उनले आफू बिहे पछि धेरै बच्चा जन्माउन चाहेको बताइन् । उनले आफ्नो सन्तानलाई धेरै माया गरेर राख्ने बताएकी छिन् ।

कैट्रिना कैफ एक एक अनाथाश्रममा पनि जोडिएकी छिन् जहाँ उनकी आमा काम गर्छीन् । उनी त्यहाँ गएर बच्चाहरुसँग खेल्न मन पराउँछिन् । उनी एक विद्यालयपनि निर्माण गर्न चाहन्छिन जहाँ अनाथाश्रमका बालबालिकाहरूले पढ्न पाउन् ।
लण्डनमा फिल्म ‘ये कहाँ आ गए हम’को सुटिङमा व्यस्त रहेकी नायिका कैट्रिना शुटिङका क्रममा पनि बच्चाहरुसँग रमाईलो गरिरहेकी थिइन् ।
यस्तै, एक अनुसन्धानबाट के पत्ता लागेको छ भने बच्चाहरूद्धारा सबैभन्दा बढी रूचाईएकी नायीका हुन् । उनले गर्ने प्राय विज्ञापनहरू बच्चाहरुसँग जोडिएको हुने या पारिवारिक प्रकृतिको हुने भएकाले पनि उनलाई मन पराउनेको बच्चाको संख्या बढी रहेको बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।