सहनशीलताको फूल : याम बहादुर थापा मगर
कपन अनलाइन
काठमाडौं, साउन २३ ।
कहिले मौन रूप धारण गर्दछ
थाहा पत्तो हुँदैन
तैपनि चित्त बुझाउने ठाउँ
जे जस्तो अवस्थामा भए पनि
एकछिन् त हो
यही क्षणमा होस् नगुमाएर
धैर्यपूर्वक साहसपूर्वक बस्न सकेमा
त्यसको प्रहार
र प्रभावबाट पार पाइन्छ
चाहे त्यसले
धुलोधुवाँ, तरल
ठोस पदार्थ जे
जे विसर्जन गरोस्
एकैछिन्को त हो
अजम्बरी स्वरूप
र स्वभाव त
कसैको छैन
जीवनजस्तै
ज्वालामुखी पनि एकछिन त हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
