चार मुक्तक : राजुराम सुवेदी (स्पन्दन राज)
कपन अनलाइन
काठमाडौं ,साउन २।
अनयासै जाग्यो रहर के हुनलाई हो ?
बिरानो झै भयो शहर के हुनलाई हो ?
सारा दुनियाँ एकातिर अनि म एकलै,
अमृत सम्झी पिएं जहर के हुनलाई हो ?
रचना, संगित र स्वर लय एउटैसँग होस्
चेन, घडी र भेट्ने समय एउटैसँग होस्
हामी त रचना गर्ने मात्र, अरु के हि छैन,
एक आपसमा समन्वय एउटै सँग होस् ।
सल्लाह सुझाव वा चेतावनी के भन्नू हुन्छ ?
कुरा घुमाउरो किन फनफनी के भन्नू हुन्छ ?
केही बिगारेको छैन निउ खोज्ने काम नगर्नुस,
प्रष्ट भन्नूस रिस छ कि दुश्मनी के भन्नू हुन्छ ?
ज्यादै सताउछौ तिमिले मैले पिएको दिन
कस्तो होला अब राजिनामा दिएको दिन
थाहा छ मलाई हैन मेरो कमाइ हेर्छौ तिमी,
फर्केर आउदिन मेरो महत्व सकिएको दिन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
