चार मुक्तक : निराजन कुमार
कपन अनलाइन
काठमाडौं असार २७ ।
समयले ओठको हाँसो लुटेको पत्तै पाएन
वर्षौदेखि साँचेको माया टुटेको पत्तै पाएन
दुई मुटु मिलेर एउटै धड्कन बन्ने चाहना हो,
भाग्यको खेलले यो साथ छुटेको पत्तै पाएन ।
नहुँदा साथमा शिरमा सिउँदो भर्न सकिएन
अधुरा सपनाहरू कहिले पूरा गर्न सकिएन
मुटुमा पनि पत्थर राखेर बाँच्नु परेको छ यहाँ,
भगवानले माथि नबोलाई सम्म मर्न सकिएन ।
जिन्दगीमा निकै पीडाहरू बोकेर हिँड्नुपर्छ
घरपरिवारको लागि केही सोचेर हिँड्नुपर्छ
आफूले सोचेजस्तो कहाँ हुन्छ र यो जीवन यहाँ,
आँखाका आँसुहरू भित्रै छोपेर हिँड्नुपर्छ ।
मेहिनेतको मीठो फल खाए भलादमी भन्छन्,
समाजमा राम्रो कुरा उठाए भलादमी भन्छन्
सत्यको बाटो हिँड्ने इमानदार व्यक्तिले,
अन्यायको अघि शिर नझुकाए भलादमी भन्छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
