चार मुक्तक : गंगाराम बुढा मगर
कपन अनलाइन
काठमाडौं असार २७ ।
उस्तै हुन्, समय र खोली, भन्दाभन्दै
भर्नु थियो खुसीको झोली, भन्दाभन्दै
पूरा हुदैनन् सपनाहरू जिन्दगी सकिन्छ,
आज आज भोलि भोलि, भन्दाभन्दै ।
पीर व्यथा र रोदनका कुरा गर्दै गरौंला
अनि सपना र मनका कुरा गर्दै गरौंला
आज बचपन सम्झौँ मन हलुका बनाऔँ,
साथी संघर्ष र जीवनका कुरा गदै गरौंला ।
किन मिथ्याको खेदो खन्न, कहिल्यै जानेन
गल्ती भयो माफ पाउँ भन्न, कहिल्यै जानेन
फेरि उसैको गल्ती देखाउँछन् मेरा मित्रहरू,
तर महान मान्छे सानो बन्न, कहिल्यै जानेन ।
गन्तव्य भेट्नुछ, गए पनि पैतालाका खालाहरू
समयलाई जितेर लगाउनुछ विजयका मालाहरू
हिड्नुछ कठिन सफरमा, जिन्दगी र चुनौती सङ्ग,
बलियो चाबी बनेर खोल्नुछ सङ्घर्षका तालाहरू ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
